Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नारा : समृद्ध देश, सुखी नेपाली, वास्तविकता : खोक्रो देश, समृद्ध व्यापारी

काठमाडौं । आफू भ्रष्टाचार नगर्ने भ्रष्टाचारीको मुखै नहेर्नैै एउटा सचादारी कम्युनष्टि नेता केपी ओलीका पालामा भएका भ्रष्टाचारका फेरिस्ता सार्वजनिक हुन थाल्दा त्यतिबेला उनले क–कसको मुख हेरेछन् प्रष्ट हुँदैछ । समृद्ध देश, सुखी नेपाली भन्दै उखान टुक्का हाल्दै हिँडेका ओलीले नीतिगत लूटमा रेकर्ड तोडेका छन् । उनको नारा यतिबेला खोक्रो देश, समृद्ध व्यापारी हुन पुगेको छ । राष्ट्रिय अस्मिताको रक्षा र सार्वभौम अस्तित्वमाथि दखल पार्न नदिने कम्युनिष्ट शक्ति नै राष्ट्रवादी हुन्छन् भन्ने सार्वजनिक मान्यतालाई नेपालका कम्युनिष्टहरूले ध्वस्त बनाएका छन् । विदेशीलाई देखाउन राष्ट्रवादको स्वाङ रच्ने तर भित्रभित्र भारतीय शासकको निर्देशनमा देश चलाउने नेकपा एमाले र केपी ओली ब्राण्डले महाकाली भारतलाई सुम्पेपछि त्यो पार्टीको नक्कली राष्ट्रवाद र समृद्धिको भण्डाफोर भएको थियो ।

यस पटक संसदको दुई तिहाइले पारित गरेको चुच्च नक्सा पाठ्यपुस्तकमा छापेर वितरण गर्न समेत हच्किएका खड्ग ओलीले नारायणहिटी संग्रहालयभित्र बतास अर्गनाइजेशनलाई भिœयाएर कति खाए ? उनकै दबावमा व्यापारिक क्षेत्रमा विवादास्पद थामसेर्कु समूह अन्तर्गतको कम्पनीहरूलाई नेपाल ट्रष्टको जमिन सम्झौताको म्याद छ वर्ष हुँदा हुँदै ३० वर्षको लागि कुनै प्रतिस्पर्धा बिना थपिएको हो । यस्ता कुकर्म धेरै भएका रहेछन् । नेपाल ट्रष्टको सम्पत्ति यति समूहलाई सुम्पँदा तत्कालिन सरकारले नेपाल ट्रष्टको अध्यक्ष गृहमन्त्री रहने कानुनी प्रावधान फेरेर भ्रष्टाचारमा विद्यावारिधी नै गरेका भ्रष्ट शिरोमणि ईश्वर पोखरेललाई ट्रष्टको अध्यक्ष बनायो ।

जसले चोरलाई तालाचाबी सुम्पिने काम सम्पन्न भयो । ती पोखरेल नेपाल ट्रष्टमा मात्र होइन गृहले सिफारिश गरेका पदक तथा विभूषण समितिका समेत अध्यक्ष भए । उनले आफ्नो कपाल काट्ने हजाम, कपडा सिलाउने मास्टरलाई समेत पटक दिलाए । कम्युनिष्टहरूले पाए केही बाँकी राख्दैनन् भन्ने कुरा एमालेका केपी ओलीले ४१ महिने शासनकालमा झन् छर्लङ्ग बनाए । नारायणहिटी संग्रहालयको संरक्षण होइन त्यसको कलात्मक र ऐतिहासिक पक्ष ध्वस्त बनाएर रेष्टुराँ खोल्न दिने गरी भाडा लगाउनुमा समेत ओली समूह सफल भयो । जहाँ आरजु राणा पनि जोडिएकी छन् । भारतीय शासक पक्षलाई खुशी पार्न संविधानको खिलापमा धर्म निरपेक्षताको विरुद्ध कहिले पशुपतिनाथ त कहिले चितवनको माडीमा अयोध्यापुरी खडा गर्ने लहडमा केपी ओली सक्रिय भए । उनको समृद्धि र विकासमा थामसेर्कु, यति होल्डिङ, यति एयर, हिमालयन एयरको मात्र व्यापारिक स्वार्थ जोडिए पनि बतास समूह नारायणहिटीमा प्रवेश पाएको पछिल्लो पहिचान हो ।

नेकपा एमाले र ओली गुटले चलाएको नीतिगत लुटमा वर्तमान सरकार समेत कठोर हुन सकेको छैन । कम्युनिष्टहरूले पाए भने केही बाँकी राख्दैनन् भन्ने प्रमाण ओली शासनको ४१ महिने अराजकताले जुटायो । अहिले पनि पर्यटन सचिव महेश्वर न्यौपाने मार्फत् थामसेर्कु समूहको आम्दानीमा खोट नआओस् भन्ने चाहना ओलीको छ । ओलीकै कार्यकालमा सरकारी ध्वजाबाहक कम्पनी वायुसेवा निगमलाई व्यापार विहीन बनाएर यति समूहको पार्टनर हिमालयन एयरलाई नागरिक उड्डयन प्राधिकरण मार्फत् अन्तर्राष्ट्रिय उडान दिलाइयो । त्यो क्रम अहिले पनि जारी छ । पर्यटनमन्त्री प्रेम आलेले एयरपोर्टको सुधार, वायुसेवा निगमको आन्तरिक भद्रगोल, नागरिक उड्डयन प्राधिकरणको व्यवस्थापकीय भद्रगोलमात्र होइन नेपाल ट्रष्टको नाममा रहेको जमिनभित्रको नारायणहिटी संग्रहालयभित्र पोखराका बतास समूहलाई १० रोपनी जग्गा दिलाउने ओली शासनको समृद्धिमाथि प्रहार गरेका छन् । तर अदालते बतासलाई जिताउँदैछ ।

दरबारभित्रको जग्गा प्रतिमिटर १०५ रुपैयाँमा भाडा लिने गरी ३ वर्षका लागि बतास समूहले रेष्टुराँ चलाउने तयारी गरेको हो । जबकि केपी ओलीलाई भिनाजु भन्ने विद्यासुन्दर शाक्य शाक्य महानगर प्रमुख छन् । त्यसले अनुमति पनि दिएको छैन । कानुनअनुसार बतास समूहले महानगरको स्वीकृति लिएर दरबारभित्र रेष्टुराँ सञ्चालन गर्नुपर्छ । तर सत्ताको आडमा त्यो समूहले निर्माण थालेको हो । दरबार क्षेत्र कामपाको वडा नं. एकमा पर्छ । तत्कालिन मन्त्री योगेश भट्टराई, सचिव यादव कोइरालाले संग्रहालयका कार्यकारी भेषनारायण दाहालले सो भाडा लगाएका हुन् । तत्कालिन प्रधानमन्त्री केपी ओलीको साथ बिना यो काम भएको थिएन ।

नक्सा पास नगरी महानगरको स्वीकृति बिना भएका निर्माणका काम अहिले रोकिएको छ । त्यो बेला संग्रहालयको अध्यक्ष केदारबहादुर अधिकारी थिए । केपी ओलीले चाहेपछि कानुन फेरेर ईश्वर पोखरेल जस्ता भ्रष्ट नेपाल ट्रष्टका अध्यक्ष भएपछि संग्रहालयको अध्यक्षलाई ट्रष्टको सचिवले कानुन विपरित छ भन्दैमा हुँदैनथ्यो । किनकि यो देशमा कम्युनिष्टको नाममा वादशाहको शासन चलेको थियो । त्यहाँ राष्ट्रिय गौरवका योजनाको काम सम्पन्न हुन पर्दैनथ्यो । केबल केपी ओलीको नाम शिलालेखमा टाँसेर भारदारहरूको भजन चल्थ्यो । मेलम्ची र सुनधारा क्षेत्रको काम बाँकी थिए । तर ओलीको समृद्धि र विकास नाच्यो । नारायणहिटी दरबारभित्र नेपाल ट्रष्टको जमिनसँगै, थामसेर्कु कम्पनीले राष्ट्रिय निकुञ्चको जमिन कब्जा गर्ने हैसियत ओलीको समृद्धिले पाएको हो ।

यो सरकार र अहिले पर्यटनमन्त्रीको कडीकडाउ काम भन्दा प्रचारमुखी चरित्रले मन्त्रालय अन्तर्गतका विभाग निगम सुधार्छन् भन्ने विश्वास लिइँदैछ । कामको शुरुआत प्रेम आलेको राम्रै छ । तर उनले यति समूहले देखाएको दादागिरी, वायुसेवा निगमभित्र यति समूहका कर्मचारी बोर्ड सदस्य बनाइएको प्रसंगतिर ध्यान दिएकै छैनन् । सरकारको ध्वजाबाहक कम्पनी ग्यारेजमा थन्क्याउने प्रधानमन्त्रीको भारत र चीनको भ्रमणमा हिमालयन एयर जाने गरेको कुरा तत्कालिन वनमन्त्री बनेका प्रेम आलेलाई जानकारी थिएन भन्न मिल्दैन । काम भन्दा हल्ला बढी गर्ने होइन । मन्त्रीले इमान्दारपूर्वक काम गरे भने हल्ला आफैं हुन्छ । ओली शासन मुलुकको राष्ट्रिय सम्पत्तिको संरक्षक थिएन । एमाले ओली मण्डलीको काम देश लुट्ने नीतिगत एजेन्डा थियो भन्ने कुरा अब धमाधम पर्दाफास हुँदैछ । ओलीको दम्बले उनैलाई घाटा हुनेछ । हिजो दुई तिहाईको सरकार धान्न नसक्नेले अब बहुमत कसरी पाउँछ ?