Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादी कार्यकर्ताको हत्या मुद्दामा पैसा र पौचको भरमा बादशाहले पाए सफाई

हत्या तथा ज्यान मार्ने उद्योग, डकैती लगायतका आरोपमा विपक्षी बनाएर मुद्दा दायर गरिएका नसिम खान बादशाह ले जिल्ला अदालत कपिलवस्तुबाट सफाई पाएका छन् । जिल्ला न्यायाधीश जवाहिर सिंहको इजलासले नसिम खान र उनीसँग जोडिएका सबैलाई सफाइ दिएको हो । बादशाह कपिलवस्तु मायादेवी गाउँपालिका–४ का निवासी हुन् भने उनकी श्रीमती लुम्बिनी सभा सदस्य छिन् ।

जिल्ला अदालत कपिलवस्तुले ८ जनाको हत्या आरोपित बादशाहलाई अभियोग दावी नपुगेको भन्दै सफाइ दिएको हो । उनीमाथि आठ जनाको हत्या, एक ज्यान मार्ने उद्योग र डाँका मुद्दा चलाइएको थियो । मृतक शिवपुजन कुर्मीका छोरा होमप्रकाश चौधरीले राजनीतिक र आर्थिक चलखेलका कारण बादशाहलाई छाडिएको गुनासो गरे । उनले यसले आफूहरुलाई थप पीडा भएको बताए ।

माओवादी जनयुद्धका क्रममा तत्कालीन सरकारको समर्थनमा कपिलवस्तुमा चलाइएको माओवादीविरुद्धको प्रतिकार समितिका मुख्य नाइके नसिमले त्यसबेला माओवादी कार्यकर्ताको हत्या गरेको आरोप लागेको थियो । यस अघि नै उनलाई छुटाउने चलखेल भएको पीडित परिवारको अरोप छ ।