Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको तामझामका यी सारथी

काठमाण्डौ–एमालेका अध्यक्ष केपी ओलीले लहडमा जे भन्छन र जस्तो गर्छन त्यो अरुले मान्दीनु पर्छ । जसले ओलीको प्रतिबाद गर्छ भिम रावल , भिम आचार्य बन्छन् त्यो मात्र होइन पोइला जानका लागि फरमाइस गरिएको गितका सर्जक कमल ओलीको त्याग र एमाले प्रतिको सर्मपणमा ईश्वर पोख्रेल, शंकर पोखे्रलहरुको समिक्षा पनि जोडिनु पर्छ । झापा आन्दोलनका मनकुमार गौतम ,नरेश खरेल त्यागेर मोदी दुगड र दुर्गा प्रसाईहरुले चलाउने एमालेले ओम्नि, हुकाम,यति होल्डिङ्ग हुदै बतास समूहलाई पा्रकृतिका सम्पदा सुम्पनु कम सर्मपण थिएन । ओली शासनका निर्णय उल्टिने अबस्था छैनन । सरकारले भत्काए अदालत त छदैछ । ठेकेदारहरुलाई ठैक्का दिलाउदानै आधा रकम हजाम गर्ने जनताको बहुदलिय जनबाद भित्र कमिसन एजेन्ट दिपक भट्ट बिशाल पण्डीतहरुको अटाएकै हुन । कोरोना महामारिले जनता घरमा थन्किदा ओलीका खजान्चीहरु बिशाल पण्डीत स्वोराज पोख्रेलका नाममा ओम्नी र हुकामको हल्ला फिजाएर राज्य कोषको दोहन गरेकै थिए । अहिले बिकासबादी सरकार ढालेर पाँच दलीय गठबन्धनले रमाइलो त गर्यो तर राज्यकोष ध्वस्त पार्न ओली भन्दा शेरबहादुर कम भएनन् भन्ने बाटो खुलिरहेको कुरा देउवा सरकारको छ महिने निरासाले छर्लङ्ग बनाएको छ ।