Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहलाई रिक्त राखेर संसदीय निर्वाचन हुननसक्ने बताएका छन् । सत्तारुढ गठबन्धनमा स्थानीय निर्वाचनभन्दा पहिले नै संसदीय निर्वाचन गर्नेबारे विषय प्रवेश भएको बेला सत्तारुढ दल कांग्रेसका महामन्त्री थापाले भने वैशाखमा स्थानीय तहको निर्वाचन नहुनु असंवैधानिक र अलोकतान्त्रिक हुने बताए । महामन्त्री थापाले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाल ५ वर्षको हुने सुनिश्चितता संविधानले नै गरेको भन्दै ऐनको व्यवस्था देखाएर स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुने बताए । प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हुन्छ भनेजस्तै स्थानीय सरकारको कार्यकाल पनि ५ वर्षको हुन्छ । हाम्रो संविधानले स्थानीय सरकार रिक्त हुने परिकल्पना गरेको छैन त्यसैले स्थानीय निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्छ, थापाले भने । उनले विगतमा केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भनेर आन्दोलन गरेको बिर्सन नहुने भन्दै सत्तामा पुगेपछि संविधानविपरीत गर्ने छुट कांग्रेसलाई नभएको बताए ।
उनले वैशाखको अन्तिमसम्म स्थानीय निर्वाचन गरेपछि प्रतिनिधिसभा निर्वाचनलगायतका विषयमा प्रवेश गर्न सकिने बताए । स्थानीय तहलाई रिक्त राखेर स्थानीय निर्वाचन सार्ने कुरा असंवैधानिक र अलोकतान्त्रिक हुन्छ । स–साना छिद्र खोजेर आफू अनुकुल व्याख्या गरेर संविधानको मर्म बिगार्न पाइँदैन, थापाले भने । उनले संविधानअनुसार नै अगाडि बढ्नेबाहेकको विषयमा कांग्रेस सहमत नहुने स्पष्टसमेत पारे । गगन थापाले यससो भनिरहँदा आफू हिजो जस्तो बोल्ने ठाउँमा मात्रै छैन, कार्यान्वयन गर्ने ठाउँमा पुगेको छु भन्ने कुरा सोचे कि सोचेनन् ?
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल