Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चिनी पानी पकाएर मह बनाउने नेकपा एसका नेता

काठमाडौं । राजनीतिको आडमा व्यवसाय गर्नेहरुले सबैतिर अपराध गर्छन् र उन्मुक्ति पाउने गरेका छन् । कुनै पनि राजनीतिक दलले त्यस्ता अपराधीलाई काखि नच्याप्ने हो भने नेपालमा कालोबजारी र नक्कली काम कम हुने थियो । नक्कली मह बनाएर बेच्ने क्रममा पक्राउ परेका नरबहादुर श्रेष्ठ नेकपा एकीकृत समाजवादीका सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष रहेको खुलेको छ । उनलाई नक्कली मह बनाउने क्रममा कच्चा पदार्थसहित प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको ज्याठाबाट प्रहरीले करिब ७ हजार लिटर नक्कली महसहित पक्राउ गरेको थियो । ग्लुकोज र चिनी मिसाएर मह उत्पादन गर्ने गरेको आरोपसहित महानगरीय प्रहरी अपराध महाशाखाले नरेश श्रेष्ठलाई बिहीबार पक्राउ गरेको हो । श्रेष्ठले आफ्नै घरमा अखाद्य वस्तुको संयोजन गरी नक्कली मह उत्पादन गर्ने र स्पर्श ब्रान्डको नामबाट बजारमा बिक्री गर्ने गरेको महाशाखाका प्रवक्ता कृष्ण पंगेनीले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ५ का श्रेष्ठले आफू र श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ कम्पनी सन्चालन गरी गुणस्तरहीन मह बनाई विक्री वितरण गर्दै आएको प्रहरीले जनाएको छ । उनले स्पर्स हनी नामको लेबल टाँसेर विक्री वितरण गर्ने गरेको र सो ब्राण्ड दर्ता समेत नभएको प्रहरीको भनाइ छ । प्रहरीले उक्त कम्पनीले वितरण गरेका मह सेवन नगर्न र तत्काल खबर गर्न समेत आग्रह गरेको छ ।