Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिद्धेश्वर मन्दिरमा महायज्ञ

कामठाडौँ । टोखा नगरपालिका वडा नं. ५ सिद्देश्वर महादेव मन्दिरमा कात्तिक ३ गतेबाट श्रीमद्भागवत महायज्ञ शुरु भएको छ । लक्ष्मीपुजाको दिनसम्म सञ्चालन हुने सो महायज्ञमा विगतका अन्य स्थानमा चलाइएको महायज्ञमाजस्तो पैसा संकलन गर्ने प्रतिस्पर्धा देखिँदैन । त्यहाँ रु १ हजारदेखि २० हजारसम्म दानगर्ने दानीहरुको प्रतिस्पर्धा चल्ने विश्वास गरिएको छ । स्थानीय समाजसेवी अग्निधर अधिकारी, श्यामकाजी तिमल्सिना, इन्दु अर्यालल सरस्वती सापकोटालगायतको सक्रियतामा शुरु गरिएको महायज्ञमा पुन्य कमाउनका लागि टोलवासीहरूप्रति जेष्ठ नागरिक सेवा समाज र सिद्धेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले आग्रह गरेको छ । टोखा नपा वडा नं. ५ का वडाध्यक्ष जगन्नाथ ढकालद्वारा उद्घाटन गरिएको महायज्ञमा स्थानीय टोलबासीहरूको सक्रिय सहभागिता रहेको आयोजक श्यामकाजी तिमल्सिनाले जानकारी दिएका छन् । उनकाअनुसार, महायज्ञमा पण्डित ताराप्रसाद कुइकेलले भागवत बाचन गरेका छन् । स्थानीय नगारिककै सहयोग र साथका कारण सिद्धेश्वर महादेव मन्दिर समितिले सो महायज्ञ सम्पन्न गर्ने जिम्मेवारी लिएको हो ।


सम्बन्धित समाचार