Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेयर बजार खुलेको दुई घण्टामै दोहोरो अंकले तल झर्‍यो

काठमाडौं। सत्तारुढ गठबन्धनले निर्वाचनमा जाने निर्णय मिति तय गर्दा १०५ अंकले बढेको धितोपत्र बजार साताको दोस्रो कारोबार दिन दोहोरो अंकले घट्दा लगानीकर्ता अन्योलमा देखिएका छन्। घटेको बजारमा प्रवेश गर्न आतुर लगानीकर्तालाई बजारले पुन पर्ख, हेर अनि मात्र अघि बढु सुझाएको देखिन्छ।
आज प्री ओपनिङमा १० अंक बढेको बजार खुलेको २ घण्टा नहुँदै २० अंकले अधिक घटेको छ। नेप्से परिसूचक २८६० को विन्दु आसपास कारोबार हुँदै छ। कारोबार रकम भने २ अर्ब अधिक रहेको छ।

समाचार तयार पर्दासम्म विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहमा एक प्रतिशत अधिकको गिरावट देखिएको छ।

फरवार्ड लघुवित्त र विन नेपाल लघुवित्तले १० प्रतिशतको वृद्धि लिएका छन् भने बुद्ध भूमि नेपाल हाइड्रोपावर आज पनि ९।९२ प्रतिशतले बढेको छ। एक्सेल डेभलपमेन्टमा भने सर्वाधिक ३ प्रतिशतको गिरावट आएको छ।

हालसम्म एचआइडीसीएल कारोबार रकमका आधारमा शीर्ष स्थानमा छ। कम्पनीको २२ करोड १८ लाख रुपैयाँको कारोबार हुँदा नेपाल टेलिकमको १५ करोड रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको १० करोड रुपैयाँको सेयर खरिद बिक्री भएको छ


सम्बन्धित समाचार