Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उच्च संक्रामक बर्डफ्लु नेपालमा देखियो

काठमाडौं । पूर्वी नेपालको मोरङस्थित एक पोल्ट्री फार्ममा उच्च संक्रामक मानिएको एचफाइभएनवान बर्डफ्लु संक्रमण पुष्टि भएको विश्व पशु स्वास्थ्य संगठन (ओआई) ले सोमबार जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागले पनि भाइरस संक्रमण पुष्टि गरेको छ । मोरङको ग्रामथान १ खनियाकट्टा र बुढीगंगा(५ का कृषकहरुले पालेको कुखुराको नमुना केन्द्रिय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा एचफाइभएनवान बर्डफुल रोग पुष्टि भएको विभागले जनाएको छ । नेपाली अधिकारीहरुलाई उध्दृत गर्दै पेरिसस्थित ओआईको मुख्यालयले पनि मोरङस्थित फार्ममा ३,५१० चरा मरेका छन् भने बाँकी ५,१६० चराको बगाल पनि संक्रमित भएको ठानिएको जनाएको रोयटर्सले उल्लेख गरेको छ । एभियन इन्फ्लुएन्जाको गम्भीर रूप जसलाई सामान्यतया बर्ड फ्लू भनिन्छ जुन हालैका महिनाहरूमा युरोप र एसियाभरि फैलिएको छ, जसले गर्दा केही देशहरूमा बर्डफ्लु संक्रमणलाई रोक्न चराहरुलाई ठूलो संख्यामा मारिएको छ । गत वर्ष नेपालमा अर्को उच्च रोगजनक चरा भाइरस, एचफाइभएनएठको प्रकोप पनि देखिएको थियो।