Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बागमती प्रदेश सरकारको निर्णय स्वागतयोग्य : रक्तदाता समाज

काठमाडौं । बागमती प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपन्न नागरिक र आकस्मिक उपचारार्थ अस्पताल भर्ना भएका बिरामीहरूले रगत र रगतबाट तयार पारिएका रक्त तत्वहरूको शुल्क तिर्न नपर्ने स्वागत योग्य निर्णय गरेकोमा नेपाल स्वयंसेवी रक्तदाता समाज धन्यवाद व्यक्त गरेको छ । आफूहरूले व्यक्तिगत वा संस्थागतरूपमा होस् बिगत तीन दशक अघिदेखि उठाउँदै आएको मागलाई बागमती प्रदेश सरकारले आंशिक रुपमा रा गरेको निर्णयले स्वयंसेवी रक्तदाताहरू र स्वयंसेवी रक्तदाताहरूले दानमा प्रदान गरेको रगत र रगतबाट तयार पारिएका रक्त तत्वहरूको इज्जत एवं सम्मान गरिएको ठहर समाजले गरेको छ ।
हालको लागि यो एक हिसावले सुखद् कुरा नै हो । तर स्वयंसेवी रक्तदातहरूले दान गरेको रगत सबैले पूर्ण रुपमा निस्शुल्क हुनुपर्छ भनेका छौं। अहिले विपन्न र आकस्मिक सेवाकालाई निस्शुल्क भनिएको रहेछ । सुरुवात् रानै भयो यसलाई छिट्टै सबैका लागि लागु गर्नुपर्छ र सर्वत्र अन्य प्रदेश सरकार अथवा केन्द्र सरकारले नै देशभर उपचारार्थ बिरामीहरूका लागि आवश्यक रगत र रगतबाट तयार पारिएका रक्त तत्वहरूको पूर्णतस् निस्शुल्क बितरणको योजना अबिलम्ब लागु गर्न बिलम्ब गर्नु भएन । साथै स्वयंसेवी रक्तदाताहरूको प्रत्यक्ष संलग्नता बिना बनाईएको कार्यबिधिले भविष्यमा दीर्घकालीन एवं प्रभावकारी सेवा प्रदान गर्ने भूमिकामा निरन्तरता मिल्न सकोस् भनि अध्यक्ष प्रेम सागर कर्माचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।