Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोलिको संसद् बैठक स्थगित

काठमाडौँ । फागुन २ गते सोमबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको छ । आइतबार विज्ञप्ति जारी गर्दै संसद्‍ सचिवालयले फागुन २ गते बोलाइएको बैठक फागुन ४ गतेका लागि सारिएको जनाएको हो । अब प्रतिनिधि सभाको बैठक फागुन ४ गते बुधबार दिउँसो १ बजे बस्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । मिति २०७८ साल फागुन २ गते सोमबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधि सभा नियमावली‚ २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल फागुन ४ गते बुधबार दिनको १ बजे बैठक बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,ु संघीय संसद्‍का महासचिव भरतराज गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि बसेका संसद्‍ बैठक भने प्रतिपक्षी दल नेकपा एमालेका सांसद्‍हरूले अवरोध गर्दैआएका थिए । सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै एमालेले संसद्‍ बैठक अवरोध गर्दैआएको छ ।