Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अरु च्यापिँदा यिनलाई हासञ्चो

काठमाडौँ । आफ्नै कार्यालयमा काम गर्ने एक महिला रोशनी शाहीको कोठामा गएर उनलाई बलात्कार गर्न खोजेको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महारा केही दिनदेखि प्रहरी हिरासतमा छन् । यो आरोप लाग्नेबित्तिकै नेपाल कम्युनिस्ट पार्टीले उनलाई सभामुख पदबाट राजीनामा दिन भनेको थियो र उनले राजीनामा गरेका थिए । मर्यादा क्रमअनुसार पाँचौँ तहमा रहेका एक उच्चस्तरीय व्यक्तिले यसरी बलात्कारको प्रयास गरे भन्ने आरोपमा राजीनामा गर्नु र उनलाई प्रहरी हिरासतमा राखेर कारबाही गरिनु नेपालको निमित्त एक ठूलो घटनाको रूपमा लिन सकिन्छ । तर नेपालमा भएको बलबहादुरसम्बन्धी यो भन्दा ठूलो घटना आजभन्दा बीस वर्षपहिले २०५६ साल आस्विन १२ गते नै त्यस बेला मन्त्री पदमा नै रहेका बलबहादुर केसीबाट भएको थियो । बलबहादुर खेलकुद मन्त्रीभएको बेला उनले आफू पर्खाल चढेको घरकी महिला इन्दिरा थापालाई राष्ट्रिय खेलकुद परिषद्को सदस्य बनाएका थिए । जबकि उनी खेलकुदसँग सम्बन्धित थिइनन् ।

त्यतिखेर उनी भौतिक पूर्वाधार र श्रममन्त्री भएपछि जे–जस्तो गरे पनि हुन्छ भन्ने सोचाइ राख्ने र अनेक जघन्य काण्ड गर्ने भनेर चिनिएका बलबहादुर आश्विन १२ गते मध्यरातमा हाँडीगाउँ निवासी इन्दिरा थापाको घरमा गए । इन्दिराले ढोका नखोलेपछि पर्खालबाट झ्याल चढेर उनी बलात्कार गर्न इन्दिराको कोठामा पसे । इन्दिराले चिच्याएपछि वरपरका छिमेकीहरू जम्मा भएर प्रहरीलाई खबर गरे । प्रहरी त्यहाँ आइपुग्यो । बलबहादुरले मन्त्री पदको धाक लगाउँदै प्रहरीलाई हप्काए । प्रहरी सबै फर्केर गए । त्यसपछि छिमेकीहरू धेरै जम्मा भएर बलबहादुरलाई घेराउ गरेपछि बडीगार्डको आडमा मोटर चढी बलबहादुर भागे । भोलिपल्ट आश्विन १३ गते बिहान इन्दिरा थापा कमलपोखरी प्रहरी कार्यालयमा उजुरी गर्न गइन् । त्यो थाहा पाएर बलबहादुरका मान्छेहरू कमलपोखरीमा पुगे ।

उनीहरूमध्ये केहीले इन्दिरालाई धम्की दिए । केहीले बलबहादुरले तोडफोड गरेको क्षतिपूर्ति दिने भने । प्रहरीले पनि उनीहरूको दबाबले उजुरी लिएन । आश्विन १४ गते सबै प्रमुख पत्रिकाहरू कान्तिपुर, नेपाल समाचार पत्र, हिमाल टाइम्स इत्यादिले बलबहादुर पर्खाल काण्डको यो समाचारलाई प्राथमिकता दिएर छापेका थिए । त्यसपछि पनि धेरै पत्रिकाहरूले यो घटनाको भत्र्सना गरेर समाचार प्रकाशित गरे । सम्पादकीयसमेत लेखे । त्यस बेला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई विदेश भ्रमणमा थिए । योगप्रसाद उपाध्याय कार्यवाहक प्रधानमन्त्री थिए । नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले वक्तव्य दिएर महिलाको घरमा गएर बलात्कारको प्रयास गर्ने बलबहादुरलाई तुरुन्त हटाउन दबाब दिए । केही दिनपछि प्रधानमन्त्री भट्टराई फर्केपछि पनि उनलाई भेटेर एवं अर्को वक्तव्य दिएर बलबहादुरलाई मन्त्रीबाट हटाउन गिरिजाप्रसाद कोइरालाले पार्टीको सभापतिको हैसियतले आग्रह गरे ।

पार्टीको भ्रातृ संस्थाहरूले पनि जुलुस प्रदर्शन गरेर तथा वक्तव्य प्रकाशित गरेर बलबहादुर जस्तो व्यक्ति पदमा रहे पार्टीको छवि र गरिमामा आँच आउने भन्दै बलबहादुरलाई मन्त्रीबाट हटाउन माग गरे । तर भट्टराईले बलबहादुरलाई हटाएनन् । यसैमा मतान्तर बढ्दै गयो र केही पछि भट्टराई आफैँले हट्नुप¥यो । आज १२ वर्षपछि काँग्रेस सांसद अफ्ताव आलमको ज्यान मुद्दा हेरिरहेको बेला, २० वर्षपहिले बलबहादुरको यो काण्डको पनि छानबिन किन नगर्ने भन्ने आवाज पनि उठ्न थालेको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल