Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौं । फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आजरातीबाट लागू हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलमा ३ रूपैयाँ बढाएको हो । निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १४५ रूपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ । ग्यासमा मूल्य नबढाइएको निगमले जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु ५.६१ ले बढेको, डिजेल रु ५.६२ ले बढेको र हवाई इन्धन रू ४.९५ ले बढेर आएको र यस अनुरूप निगमलाई १५ दिनमा करीब रू। २ अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन परेको निगमको भनाइ छ ।