Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विचौलियाले बढाए मन्त्रालयमा दुर्गन्ध

काठमाडौं । कर्मचारीको रक्षक नै भक्षक भयो भने त्यसले मन्त्रालयको काम त के विभागीय योजनाहरू समेत समयमा सफल बनाउँदैन । यसको नमूना बनेका छन् भौतिक पूर्वाधार मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ । छोटो समयका लागि शिवहरि सापकोटा सडकको महानिर्देशक बनाइएका छन् । तर सचिव बज्रस्वाँठ, महानिर्देशक आशामरु भएको कारण सडकका प्राविधिकहरू कौशीको घाम र रुखको छहारी खोज्न बाध्य भएका छन् । मन्त्री रेणु यादवका विचौलिया राजकिशोर गुप्ताले इञ्जिनियरहरूको सरुवा र बढुवामा बाधा खडा गरे भने सचिवले कर्मचारीको साथ लिनु पथ्र्यो । तर सचिव श्रेष्ठले ओम्नी समूहका रविन श्रेष्ठलाई विचौलिया बनाएर उठाउने गरेका छन् । यिनले पोसेका पत्रकारिताका डनहरू सचिव श्रेष्ठ सोझो छ भन्छन् र मासिक बुझ्ने गर्छन् । मन्त्रीले सचिवको भर नहुँदा सल्लाहकार राखेकी छिन् । देउवा सरकारका मन्त्रीहरू धेरैले आफ्ना योजनामा चल्न र मन्त्रालय बुझेका सचिव ल्याए । तर रेणु यादवले घुस्याहाको राजा काँग्रेसी नेतादेखि बालुवाटारसम्म थैली बुझाएर टिकेका सचिव श्रेष्ठलाई नछाड्नुको कारण मन्त्री र उनका विचौलियाले गरेको प्राविधिकहरूमाथिको हस्तक्षेपमा चासो नदिनु नै हो । एमालेको प्रतिष्ठा भिडाएर हजम गर्ने ओम्नीका रविन श्रेष्ठ, सचिव श्रेष्ठद्वारा सञ्चालित विचौलिया हुन् भने राजकिशार मन्त्रीका विचौलिया भएपछि सडकमा एक आर्थिक वर्षैमा डिजी भएका तीनै जनाले सडकको सुधार कस्तो गर्लान् ? जबकि शिवहरि १९ वैशाखमा घर जान्छन्, अर्जुनजंग थापालाई मन्त्रालय तानेर शिवहरिलाई डिजी बनाइएको हो । वैशाख १९ पछि सडकमा अर्को डिजी पठाउनुपर्छ । त्यो बेला निर्वाचन आचारसंहिता लाग्छ । मन्त्री यादवले बागमती प्रदेशस्तरीय सडक हेरिरहेका कैलाश श्रेष्ठलाई छ महिना जागिर अवधि हुँदा तान्नु अपराध थियो । त्यो बेला सचिवले कर्मचारीको पक्ष लिनु पथ्र्यो । तर सचिव श्रेष्ठले दाम खोजेर बसे । कर्मचारीको पक्षभन्दा दामलाई जोड दिने सचिव भएकाले हुनसक्छ सापकोटा मन्त्रालयबाट विभाग गएको सविच श्रेष्ठले थाहा पाएनन् । अति भएपछि मन्त्री यादवले सडक बुझेका इञ्जिनियर बलराम मिश्रलाई राज्यमन्त्रीको सेवा सुविधा दिएर सल्लाहकारमा नियुक्ति गर्न अर्थ मन्त्रालयसँग सहमति दिएपछि नियुक्ति गरिएको छ । कतै नभएको जात्रा त्यही हुन्छ, जहाँ २४ (घ) का छापामार अंगलाल रोक्का र कमाउनकै लागि डेलिडारबाट सडकमा आएका अर्जुन ढकालहरू ठाउँ खोज्दैछन् । मन्त्रीले इञ्जिनियरहरूसँग आफ्नो नाममा दाम उठाउन राजकिशोरलाई बाइपास गरेकी छन् । तर सचिव श्रेष्ठ ओम्नीका एजेन्ड विज्ञापन एजेन्सीका सञ्चालक रविन श्रेष्ठबाट मोहित भएको समाचार सुत्रले बताएको छ । सूत्र भन्छ, सडक विभागभित्र प्राविधिकहरूले पिडा भोग्नु पर्नाको कारण नै सचिव रविन्द्रनाथ श्रेष्ठको घुस्याहा चरित्र हो । यस्तो शैलीले सडक सुधार कसरी हुन्छ ? सडकमा दुर्घटना न्युनिकरण गर्ने साइनिङ लाइट राख्ने प्रचार त महानिर्देशक सापकोटाले गरेका छन् तर उनले पनि बरण्डामा बसेका इञ्जिनियरहरूको हाटाको बध्यता हटाउन अडान लिन सकेका छैनन् । बढुवा भएका कर्मचारीलाई अलपत्र पार्ने र कामु दिएर हुलाकी सडकमा धर्मेन्द्र झा, संघीय सडक इटहरिमा ज्ञानेन्द्र झा खटाउनु वरिष्ठको अपमान हो । यी दुवै चमत्कार मच्चाउने डिइ हुन् ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल