Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दरिद्रपनको विकल्प नै मालिकवाद

  • लाेक सिंखडा

आफू सुहाउँदा, आफ्नाका लागि, आफै माथि आफैंद्वारा सार्वभौम मौलिक त्यो हक अधिकारले सम्पन्न नागरिक मालिक हो । (आफ्नो र अपवादमा आफ्नाका लागि घिच्ने र घिचाउने चाहि होइन । ) ए आमा, ए बा, भारी बोक्ने नाम्लो होइन शिक्षा देऊ । गाडीमा झुण्डिने खलासी होइन, राष्ट्र हाँक्ने ड्राइभर बनाई देऊ । मालिक भन्नाले धनिलाई होइन, आफूलाई बुझ्नु पर्दछ, धनिले खलासि बन्दैन र गाडीमा झुन्डीदैन । हामीले सधैं एक नेताले अर्को नेतालाई गाली गरेको सुन्यौ । त्यसैको लागि तालि बजायौं । त्यसैको भरमा गाली ग¥यो, एक आपसमा दाजु, भाई छर छिमेकसँग वैरभाव राख्यौं । खोल्ची तर्न नसक्ने नेताले, पुल भत्कायो नदिमा छलाइ मारेर पारीबाट हामीलाई होच्यायो । शाह, राणा, पञ्चायत, बहुदल र लोकतन्त्रको नाम हुदै सँघिय गणतान्त्रिक भयौं । हामी फेरिँदै गयौं । जे जस्तो भए पनि हामी आफ्नै लागि र नेपालीको हुन सो मात्र यो, ती भयौं । हामी असफल भएर नेतालाई सपना बनायौं । उनका लागि भ¥याङ भयौं । जसको ज्वलन्त उदाहरण गाउँको उपभोक्ता समितिमा बस्ने दलका एजेन्ट र ठूला महलमा बस्ने नेतासम्मका इतिहाससँगै हामी लत्रेर यहाँसम्म आइपुग्यौं र आफ्नै लाछिपनमा साक्षी भएर, लत्री रहेका छौं । हामी असल नागरिक नभई आफ्नो भुल र अपराध कहिल्यै देखेनौं, मात्र अरुलाई निन्दा मात्र गरिराख्यौं । अरुको असल कुरालाई नकरात्मक भएर हेर्यो आफू सही हुने कोसिस नै गरेनौं ?

हाम्रा प्रत्येक घरका युवा युवती विदेशमा नारकिय जीवन बाँच्दा पनि, हामीले ति उच्च शिक्षा हासिल गर्दा गर्दै, कमाएको पारिश्रमिक भनौ या खाडी मुलुकमा गएर कष्टपुरक रूपमा आर्जन गरेको पसिनाको कदर र सम्मान गर्न सकेनौं । हामीले आजसम्म हाम्रा युवा युवतीलाई कुनै पनि रूपले विदेशीनबाट रोक्न सकेनौं । देशलाई युवा विहिन र, अभिभावकलाई वृदाश्रम मुलुक भएको हेक्का नै भएन । खाली ती मुलुकको सटही दर भाउ मात्र हे¥यो । राज्य व्यवस्थाले त्यो दक्ष जनशक्ति र युवाको व्यवस्थापन गर्न सकेनौ ? नेताको इशारामा, कहिले किसान आन्दोलन भयो त, कहिले मजदुर आन्दोलन र विद्यार्थी आन्दोलन भयो जब–जब ती आन्दोलन सफल भयो । तर न किसानको भलो भयो । न त मजदुरको न त विद्यार्थीको भलो नै भयो । जुन देशमा किसान, मजदुर र विद्यार्थीको भलो तथा ईज्जत हुदैन, त्यो देशको उन्नती कहिले कही भएको छैन । केबल दासत्व मात्र बोकेर हिड्यौं । पढेलेखेका विज्ञको त यिनले अरु भलो गर्ने कुरै भएन । हामीले आफ्नो अधिकार आफ्नो हातमा लिनै सकेनौं । आफ्नो हक र अधिकार लिने त के, बुझने कोसिस समेत गरेनौं । हामीले हाम्रो सर्वस्व गुमाएर आँगनमा लड्न परेको पिडा र व्यथालाई कहिलेसम्म समस्याकै रूपमा राख्ने ? दलका एजेन्ट उपभोक्ता समितिसँग, कायर भएर बहादुरको नाममा के खाई रहेछौं ? पुजारी भएर फुल प्रसाद धनीलाई पहिला अँजुली अँजुली दिन्छौं जसले खाने त के सुँग्न पनि सुघ्दैन ! गरिब भोकालाई दिनै नपरोस भै गदछौं । र दिनै परे आधा ग्राम पनि के–के फाले भै दिन्छौं । यसरी हामी पुजारी भएर मन्दिर ढाकी रहेछौं । आफ्नो काममा फोहोर गन्दा थपारेर, उस्ले, यस्ले वा त्यसले मुलुक बिगारयो भनेर धिक्कारी रहेकाछौ । यी चोर, फटाहा, डाँकालाईसबै सुम्पेर हामी के गदै छौं । राजनीतिलाई च्याँखे व्यापार तथा उद्योगमा कसले परिणत गरायो । एक छाके र ट्वाकमा बिकेर सन्तान लाई अन्धकारमा धकेल्यो ।

हामीले अर्काको लहैलहैमा लागेर पहिचान खोज्न थाल्यौं र, आरक्षणपट्टि दगु¥यौं । २–४ प्रतिशतमा अल्झनुपरेको जातीयबादमा अल्झियौ । १०० प्रतिशत नेपाली भएर बाँच्ने र बचाउने सामथ्र्य नभई पहिचान आउँदैन भन्ने हेक्का नराखी सामथ्र्य छोडी पहिचान पट्टि कद्दा हाम्रो हालत नेपाली भयो ? अन्य साना राष्ट्र सिङ्गापुर, दक्षिण कोरियाले सामथ्र्य पहिला बनाउँदा उनीहरूले, उनीहरूकै पहिचान आफैले खोज्नु परेन । ‘जाङ्ग मे नहि लत्ता चले भाई कलकता । ’ हिजोको सबैको काम कुरा छोडी अब मेरो घरपरिवारलाई कसरी सम्पन्न, शिक्षित बनाउने, याने असल नागरिक विना असल घर परिवार बन्नैसक्दैन, असल नागरिक विना असल समाज बन्नै सक्दैन, असल समाज विना असल नेता पैदा हुनै सक्दैन । असल नेतृत्व बिना सुदढ व्यवस्था बन्न र बस्नै सक्दैन । त्यसो गर्न आफैंले आफैंलाई नसच्याई हुर्दै हुर्दैन । र, आफुले गरेको काम इमान्दारी पूर्वक हुनैपर्दछ । तब न नैतिकताको कुरो गर्न पाईन्छ । हामी यसैमा चुक्यौं । र, आज देशले यो पिडा भोग्नुपरेको छ । मुलुक संविधान त कानुन त केही होईन, मुख्य चुरो भनेको आर्थिक व्यवस्थापन र समायोजन गर्न नसक्नु नै हो । संविधान भनेको राज्यलाई दिने के ? र, राज्यबाट पाउने के ? कानुनतः गर्न हुने के गर्न नहुने के ? राज्यले यसैलाई कदर गर्छ । हामीले के ग¥यौ । खास विश्व भरको ज्वरो के ? त्यसमा पनि हाम्रो जस्तो पिछडिएको गरिब मुलुकको केबल असन्तुष्टि नै असन्तुष्टि हो । खानको लागि गास छैन, बस्नको लागि घर छैन, शिक्षक छन पढने ठाँउ छैन । बिरामी छौ उपचार कसरी गराउने ? सबै श्रोतमा सबै जसो बेवारिसे बेरोजगारी । अथाहा सम्पत्ती भएर पनि माग्ने भयौं । माग्ने भएर पनि विचल्लीमा पौं ! अब कति दिन माग्ने ? यसरी नै माग्दै कती लाज ढाक्ने । उच्च शिक्षा लिएर विदेशिनु परेको छ । आमा बिरामी भएर भोक रोग तिम्रो शोकमा जलिरहँदा, सन्तान परदेशमा बसी के हेर्दैछौं ? यो देश बिग्रियो भनेर कसैले बनाई दिन्छ की, भनेर प्रदेशमा बसी के हेदैछौं । घर फोहोर बिग्रियो भनेर सफा बनाउनेकी, वा घरको छाना दलिन ढलान, जगै उखेलेर हिड्ने नेतालाई सम्पने ? विदेशमा जाँगिरमा लाइन बस्यो, नेपाली भनेर आफ्नो बायोडाटाको फाइल नै फ्याकिदिन्छ ।

त्यो त्यत्रो बर्षको मेहनत कता गयो । मरुभुमीमा गएर गोठालो बन्नु परेको छ । कति बेला नेपालमा लास पुग्ने हो ? परिवारलाई थाहै हुँदैन । बम्बैको र चाइनाको काल कोठरीमा भन्दा, खाडी मुलुकमा कैयौं यातना हाम्रा छोरी चेलीले भोग्नु परेको छ । मुलुक भित्रै भारी बोक्ने र जोत्न नपाएर भोकभोकै डल्लिनु परेको छ । भुमिपुत्र आदिवासी दमित भएर नागरिकता नपाएर मुलुक भित्रै देश बिहिन हुनु परेको छ । र, नक्कली बोलवाला तथा ती साँढेले सत्ता र सत्ताको वरिपरि हैकम चलाएका टलट्लु हेर्न परिरहेछ । हरेक जाति धर्म साम्प्रदाल निस्सासिएर, दुई चार प्रतिशतले देशलाई निचोरेर पछाडी फ्याकेका छन् । तीनै व्यक्तिहरू अथाह सम्पत्तिका मालिक भएका छन् । सोर्स फोर्स नहनेले चिप्लिन् परेका छ । दक्षता भएर पनि रित्तनु परेको छ । यो नियतिमा भाग्यको व्यथा थोर बहुत सबै जसो नेपालीले व्यहोर्नु परेको छ । यसलाई मैले पि.चि.रि संज्ञा दिएको छ । पि=पिछडिएको, चि=चिप्लिएको, रि=रित्तेको या रित्ताइएको । पछाडि परेकालाई अगाडि ल्याउने, चिप्लीएकालाई उठाउने–रित्तिएकोलाई भर्ने । यसरी पि.चि.रि उन्मुलन तर्फलग्ने र त्यसका लागि निम्न पुँजीको विकास गदै राज्यका नागरिकले आफ सुहाँउदो, आफ्नो अधिकार आफ्नै हातमा लिने र उपभोग गर्ने व्यस्थाको नाम हो – मालिकबाद । अब कसरी मालिक बन्ने त ? आफ्नो मोलिकता र सरकारमा रहेर यो पि.चि.रि उन्मुलुन नगरी नेपालले मात्र होइन विश्व विशेष ठाउँ विशेष परिस्थिति जन्य ढङ्गले पिचिर पाई मालिकबादको ध्येय राखी उन्मुलन तर्कलागिएन भने विश्वका धनी भन्दा धनि, सम्पन्न राष्ट्र इतिहासवान जाने खतरा देख्दछु । विश्वमा समाजबाद, साम्यवाद पँजीबाद आदि इत्यादि वादको विचरा प्रयोग भयो । कही कतै अर्धरूपमा पनि ती सफल हुन सकेको छैन । विशेष गरी पुँजीबादले सेरेफेरो टेकेता पनि, अन्य असफल नै भएका छन । पुँजीवादमा पनि अमेरिका र बेलायत जस्तो, कैयौं अन्य मुलुकमा घरबार बिहिन अवस्थामा कैयन प्रतिशत नागरिक बाँच्नु परेको छ । यस्तो परिपक्ष्यमा अबको विश्वका निम्न पुँजीको विकास विना दुनियाँ चल्ने जस्तो देखिदैन । निम्न पूँजीको विकासमा नटेकी मालिकवादको सिँढीमा पुगिँदैन । कहि कतै यो समाजवादी र साम्यवाद पनि होइन तर मैले यसलाई उत्कृष्ट मालिकवादको सिँढी ठान्दछु । झट्ट हेर्दा र सुन्दा यो अव्यवहारिक र असान्दर्भिक महत्वकाक्षी ठानिएला । तर यो व्यवहारमा लागू गर्न १ वर्ष पनि कुर्नु पर्दैन । के हो त निम्न पुँजीको विकासको सत्यता ?

(सामाजिक क्षेत्रका अभियन्ता एवं राजनीतिज्ञ लोक सिंखडाले ‘दरिद्र पनको विकल्प, मालिकको सङ्कल्प’ भन्ने नाराका साथ मालिकवादको अभियान जारी राखेका छन् । गास, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारी र लोकतन्त्र उक्त सिद्धान्तको मूल आधार हुन् । मुलुकलाई समृद्ध बनाउनका लागि सबै क्षेत्रमा नागरिकको स्वामित्व हुनुपर्ने र सामूहिक जागरणबाट मात्रै देशको विकास गर्न सकिने उहाँको सङ्कल्प रहेको छ । सबै नागरिकलाई मालिक बनाउने अभियानमा लाग्नु भएका सिंखडाको अर्काको देखासिकी र भएर पनि नभएको जस्तो व्यवहार गर्ने विकल्प नै मालिकवाद भएको धारणा छ)