Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल प्रहरीका तीन डिआइजी एआइजीमा सिफारिस

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक ९एआइजी० मा बढुवाका लागि तीनजना नायव महानिरीक्षक डिआइजीको नाम सिफारिस भएको छ। गृहमन्त्रालयअन्तर्गतको बढुवा समितिको बैठकले डिआइजी धीरजप्रताप सिंह, बसन्त पन्त र रवीन्द्र धानुकलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।
बढुवा सिफारिसको पहिलो नम्बरमा पन्त, दोस्रो नम्बरमा सिंह र तेस्रो नम्बरमा धानुक रहेका छन्। पन्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सिंह केन्द्रीय अनुसन्धान ब्युरो र धानुक अपराध अनुसन्धान विभाग कार्य निर्देशनालयमा कार्यरत छन्। नेपाल प्रहरीमा एआइजीको संख्या ८ पुगेको छ। सरकारले केही दिनअघि नेपाल प्रहरीमा तीनजना एआइजी दरबन्दी थप गर्ने निर्णय गरेको थियो।