Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माते ओली, देखाए छुद्रता

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पदीय मर्यादा तोडेका छन् । ओली यो मुलुकको कुनै पनि परिवर्तनीय आन्दोलनका नेता पनि होइनन् । ०४६ मा पनि सक्रिय भएनन् । ०६३ को आन्दोलनका यी कट्टर विरोधी हुन् । बोलीमा छुद्रता, विपक्षीतर्फ दुष्टता उनको पहिचान हो । पार्टीभित्र गुटबन्दी, सामूहिक नेतत्वको विरोधी, अहंकार र दम्भ यिनको परिचय हो । ओलीले जे बोल्छन् त्यो ठिक ठान्ने स्वाँठहरू एमालेमा धेरै छन् । त्यस्ता स्वाँठहरू केपीका छाउरा र ढेडु बनेर हिजोसम्म एमालेको निम्ति जीवन बिताएका माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरूलाई पार्टी त्याग्न बाध्य पारेका हुन् । एमालेलाई राजश्व मारा, माफिया, गुण्डा, अपराधीको संरक्षक पार्टी बनाएको ४१ महिने शासनले हो । भनाई छ, काग बाठो भए आची खान्छ, अहिले त्यो आची खाने समयमा ती नेता पुगेका छन् जो छुद्र बनेका छन् ।
केपीले एमसीसी जस्ताको तस्तै पास गर्न काँग्रेसका देउवालाई साथ दिँदा ठिक हुने, उनैले खनेको पार्टी विभाजनको अध्यादेशमा टेकेर एमालेबाट विद्रोह गरेका माधव, झलनाथ लगायत १४ भाइको सांसद पद खोस्ने, सभामुख अग्नि सापकोटामाथि जनयुद्धकालसँग जोडेर पद खोस्ने काम ठिक हुने । दुई पटक संसद भंग गरेर संविधान च्यात्दा ठिक, संविधानमाथि ओली र राष्ट्रपति विद्या भण्डारीको हैकम तोडेर बनेको गठबन्धन ओलीका निम्ति बेठिक होला । तर देशका निम्ति ठिक भएको छ । ओलीले यो मुलुकको ४१ महिने शासन चलाउँदा जनताको पक्षमा कति काम गरे, कमिशनका काम कति भए, माफिया समूहलाई राष्ट्रको सम्पत्ति कति दिलाए ? अपराध गर्नेले कति उन्मुक्ति पाए ? एमालेको नाउँमा ओलीको एकलौटी राज अस्वीकार गर्दा माधव, झलनाथ पिलो भए भने ओलीको अराजकता कति छट्टायो ? नेताले आफू सम्मानित हुन अरुको सम्मान गर्नु पर्दैन ? ओलीले बोल्ने कुरा ब्रम्हवाक्य हुन् ?
प्रचण्ड र माधवको बुद्धि बिग्रियो, केपीको बुद्धि ओम्नी र थामसेर्कुले सपारे होलान् । त्यहाँका जासुसहरू सुभाष नेम्वाङ, ईश्वर पोखरेल, अग्नि खरेल जस्ता कानुन जानेका राजनीति बुझेकाहरूले ओलीको छाडापन ग्रहण गर्ने मात्र हो ? अपमानको पनि सीमा हुन्छ । कमसेकम बोल्दा त्यसको बोली झर्नासाथ भाइरल हुन्छ । आफूले बोलेको कुराबाट कहाँ कहाँ असर पर्छ, त्यसको ख्याल गर्न पर्दैन । ओलीका कुरामा अरुले प्रतिवाद गर्छन् भन्ने हेक्का तिनलाई भएन । चम्चे र हुक्केहरूले त ओलीको अराजकतामा साथ दिने नै भए । बुझेका छुद्रहरू पनि त्यहाँ छन् । कम्युनिष्टको नाममा पाएको बहुमत जोगाउन पनि नसक्ने, संविधानको रक्षा गर्न नपर्ने, सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, समावेशीताको स्थायित्वका लागि कानुन बनाउनु पर्ने बेलामा संसद चल्न नदिने ओलीको हैकम तोड्नका लागि अबको तिनै चरणको चुनावमा सत्ता गठबन्धन एक हुनुपर्छ । जसले ०६२/०६३ सालमा आन्दोलनको नेतृत्व गरे ती एक भए ओलीसँग दरबारको मोह थियो । बयलगाढा चढेर अमेरिका जानु जस्तै हो यो आन्दोलनले गणतन्त्र ल्याउनु भनेकै थिए । ओलीको गठबन्ध्न राप्रपा, लोसपा, जनमत पार्टी
(सिके) सँग हुँदा पवित्र मान्नु पर्ने, काँग्रेस, माओवादी, जसपा र समाजवादीको गठबन्धन अपवित्र हुने यो अहंकारले कहाँ पुगिन्छ ?
ओली गुटको व्यवहारले नेपालमा कम्युनिष्ट एकता त के सहकार्य समेत नहुने अवस्था भयो । एमाले नेतृत्व सरकारमा रहँदा कति काम गरेको छ देश र जनताको हितमा जनताले बुझेकै छ । आफू सबै ठाउँमा ठिक देख्नेले आफैंले चलाएको ४१ महिने शासनको समिक्षा गर्न किन कञ्जुस्याई गर्नुप¥यो । कानुनको अभावमा काम गर्न पाएनौ भन्ने एमालेकै प्रदेश मुख्यमन्त्रीहरू थिए । जसले प्रदेशलाई अधिकार दिएन, त्यसैले आफ्नो कमजोरी लुकाउँछ । सरकार ढाल्ने वातावरण बनाउने नायक को हो ? जसले आफैंले हस्ताक्षर गरेको लिखत तोड्यो, त्यो केपी ओली हो कि पुष्पकमल दाहाल ? भन्ने कम्युनिष्ट तर ओलीको व्यवहार मुखिया जस्तो प्रचण्डको हैसियत मालिकले खटाएको बाहिदार जस्तो भएपछि कसरी एकीकृत पार्टीको सान रहन्छ ? एमालेको नाउँमा ओलीको मनपरी एमालेकै माधव नेपाल, झलनाथ खनालले सहन सक्ने भएनन् । पार्टीमा अराजकता बढाएका कारण त्यहाँ गुटबन्दीले स्थान लियो । पार्टी एकता ओलीलाई प्रधानमन्त्री बन्नका लागि थियो । उनी प्रधानमन्त्री भए आफ्नो इज्जत समेत धानेनन् । उनका छौडा र ढेडूहरूले पनि त्यस्तै गरेका थिए । कम्युनिष्टको राजमा सामूहिकताको सन्दर्भ कतै नआउने, गणतन्त्र र सङ्घीयता, पहिचान र समावेशीताको एजेन्डामा १० वर्ष हतियार उठाएको पार्टीले आन्दोलनकै विरोधी केपी ओलीलाई छाडा छाडेर परिवर्तनमाथि प्रहार गर्न दिनु पर्छ भन्ने थिएन । जनताले गल्ती कमजोरी हेर्न सक्छ । अहिले जनताले ओलीको छाडापन पनि बुझ्दछ । कोरानाको नाममा राज्यकोष लुटेको पनि पत्ता लगाउन सक्छ । सरकारले जसरी पनि जनताको हितमा काम गर्न सक्नुपर्छ । वर्तमान गठबन्धन जनताको पक्षमा छ भने मनपरी कर उठाएर महंगी बढाउने गलत चिन्तनको हेक्का राख्नुपर्छ । पार्टी छन्, सिद्धान्त, नीति र शैली कसैका पनि ठिक छैनन् ।


सम्बन्धित समाचार