Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले नेताको फूर्ति नै बढी

अवसरमा भेदभाव, तिनकै छ रवाफ

काठमाडौं । स्थानीय निर्वाचनमा ठूलो दल नेकाप एमाले एक्लै ६० देखि ७० प्रतिशत स्थानीय तहको सरकार बनाउने अहंकार प्रदर्शन गरे पनि स्थान अनुसार प्रदेश कमिटीहरूले भने काँगे्रसलाई धम्याउन नेकपा माओवादी केन्द्रसँग गठबन्धन गर्ने गरी वार्ता चलाएका छन् । अहिले लुम्बिनी, कर्णाली, गण्डकी र सुदूर पश्चिममा एमालेका महासचिव शंकर पोखरेलको टोलीले यस्तो पहल गरेको हो । अध्यक्ष ओलीले नेकपा समाजवादीलाई पार्टीको मान्यता नदिए पनि कानुनतः त्यो समूह अदालती प्रक्रियामा लैजाने नेकपा एमाले नै हो । अध्यादेशले पार्टी फुटाउन बाटो खोल्ने अध्यक्ष ओली नै हुन् । उनले त्यसको असर आफैंलाई पर्छ भन्ने बुझेको भए एमालेले अदालत लगाएर पार्टी फुटाउने जमर्को गर्दथ्यो वा बहुमतको आडमा अरुलाई पेल्ननै सक्थ्यो । अध्यक्ष ओली हावामा बहकिएर हावादारी योजनामा रमाए । जनतालाई असम्भव कुरा सुनाए, देशको विद्युत प्रयोग गरेर सिमेन्ट र रड उद्योग सञ्चालन गर्ने उद्योगीहरूले बिजुलीको १३ अर्ब ८४ करोड राजश्व बुझाउनु सट्टा २ अर्ब ५० करोड महसुल तिर्नु पर्ने अग्रवाल समूहको घरमा पार्टी कार्यालय राखेर नपुगी रु ३४ करोड ओलीलाई बुझाउँदै उद्योगपति व्यापारीहरू सरकारलाई नटर्ने नै भए । नेकपा एमालेले स्थानीय सरकार बनाएर जनताको सेवा कति ग¥यो ? एमालेको तर्फबाट जनप्रतिनिधि भएकाहरूले कति बेरुजु राखेका छन् ? कतिले फस्र्योट गरेका छन् ? त्यसको सोजखोज पार्टीले गर्दैन । एमालेका प्रवेश गरेका काँग्रेस, माओवादी र जसपाको तर्फबाट हिजो चुनाव नै जितेका नगर प्रमुखहरूको हालत के छ ? पार्टीको निर्देशन लत्याएर कारबाहीमा पर्ने डर र अबको चुनावमा टिकट नपाउने भएर नै एमालेसँगको सामिप्यता कसरी जोडिन्छ ? एमाले भनेर पार्टीको लागि जो खट्यो त्यसले टिकट नपाएको खण्डमा एमालेमै एमाले स्थानीय निर्वाचनमा पार्टीमा रहन्छन् भन्ने ग्यारेन्टी छैन । काठमाडौंकै हकमा विद्या सुन्दर शाक्यलाई पुनः चुनावमा उठाएर एमालेले चुनाव जित्दैन । नमच्चिने पिङको सय झड्का भनेझैं कार्यकालको शुरुमै मजैले खरानी धसेका शाक्यले एक सय दिनमा सम्पन्न गर्ने १०१ याजना ५ वर्षमा सम्पन्न गरेनन् । काठमाडौंको फोहरको संकट दीर्घकालीन समाधान गर्नका लागि पनि शहरी विकास मन्त्रालयले डम्पिङ साइड निर्माण गर्नु पर्छ भन्दै महानर उम्केको छ । फोहर, खानेपानीको समाधान नै काठमाडौंको पीडा हो । सडक, विद्युत, इन्टरनेटको सुविधा जबर्जस्त कार्यान्वयन गर्नु जनताको बाध्यता हो । अहिले देश चुनावमय भएको छ । सबै दलका कार्यक्रम चुनाव केन्द्रीत बनेका छन् । कार्यकर्ता भेला र प्रशिक्षणमा माओवादी केन्द्र खटेको छ । काँग्रेस एक घर, एक कार्यकर्ता अभियानमा छ । एमाले प्रशिक्षण भन्दा अरु दलका कार्यकर्ता भिœयाउने र भाँडभैलो चलाउने काममै जोड दिएको छ । एमालेले कसरी ६० र ७० प्रतिशत स्थान कब्जा गर्छ ? कति ठाउँमा घोषित कार्यक्रमहरू कति सफल भए÷भएन न त पार्टीको तहबाट सोधिखोजी भएको छ नत स्थानीय विभागले विवरण मागेको छ । अब हिजो घोषित कार्यक्रम सम्पन्न गर्न विपक्षीले दिएन भन्ने ठाउँ छैन । जनताका प्रतिनिधिले निष्पक्षता देखाएका छैनन् । प्रधानमन्त्री रोजगार कार्यक्रम, राष्ट्रपतिसँग जोडएका कार्यक्रमहरू वडा तहबाट लागू गर्दा हुने प्रशिक्षण, तालिममा एमालेले एमालेका मतदातालाई मात्र खोजेर सहभागि गराएको थियो । उपत्यकामा एमालेले काठमाडौं महानगर, कीर्तिपुर नगर, टोखा र बुढानिलकण्ठ नगरपालिका जितेको थियो । तर एमाले कार्यकर्ताले काँग्रेसले जितेका ललितपुर, नागार्जुन, चन्द्रागिरी, गोकर्णेश्वर, शंकरखपुर नगरको जस्तो जनताको सेवा गरेको छैन । धम्की र घुर्की त्यही एमालेका अध्यक्ष केपीको बढी छ । तर केपीको पारामा लाग्ने अरु नेताको स्थिति अबको चुनावमा देखिनेछ ।