Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अस्पताल पुगेका नेताहरुले समेत प्रधानमन्त्रीलाई भेट्न पाएनन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु ग्राण्डी अस्पताल पुगेका छन् ।

नेकपाका प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, नेता भीम रावललगायत ओलीको अवस्था बुझ्न उनी उपचचाररत ग्राण्डी अस्पताल पुगेका हुन् ।
स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका नेताहरुले प्रधानमन्त्री ओलीलाई भने भेट्न पाएनन् ।
कपा प्रवक्ता श्रेष्ठले अस्पतालका निर्देशक चक्र राज पाण्डेसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको बताए । प्रवक्ता श्रेष्ठले चिकित्सकहरुले प्रधानमन्त्रीको अवस्था एकदमै ठीक रहेको भनेर आफूलाई जानकारी दिएको बताएका छन् ।
यस्तै, नेता भीम रावलले पनि प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस भइरहेकाले भेट्न नपाएको बताए ।
अहिले प्रधानमन्त्रीज्यूको मिर्गौलाको डायलासिस हुँदैछ । चिकित्सकहरुले डायलासिसको आधा प्रक्रिया पूरा भएको जानकारी दिएका छन्, रावलले भने, हामीले प्रधानमन्त्रीज्यूलाई भेट्न पाएनौं । चिकित्सकहरुसँगै उहाँको स्वास्थ्य अवस्था बुझ्यौं ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल