Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
शेयर बजार नेपाल स्टक एक्सचेञ्ज नेप्से आज सोमबार पनि दोहोरो अङ्कले घटेको छ । आइतबार ४१ अङ्कले घटेको नेप्से आज सोमबार २९।९८ अङ्कले घट्दै २५४२।२८ बिन्दुमा आइपुगेको हो ।
करिब २ सातासम्म २६०० हाराहारीमै उतारचढाव भोगिरहेको नेप्से लगानीकर्ताको मनोविज्ञानमा हाबी भएको थियो । कहिले बढ्ने र कहिले घट्ने गरेपनि नेप्से २६०० बिन्दुभन्दा तल झरेको थिएन । लगानीकर्ताहरूले यो बिन्दुबाट बजार बढ्ने अपेक्षा गरिरहेका थिए ।
आइतबार र सोमबार नेप्सेमा चलेको दोहोरो अङ्कको पहिरोले लगानीकर्ताको मनोविज्ञान पनि गिरेको छ । आज सोमबार नेप्सेका १३ वटै उपसूचकमा गिरावट देखिएको छ । व्यापार समूह सबैभन्दा बढी २।४६ अङ्कले घटेको छ । यस्तै, फाइनान्स समूह २।३६ प्रतिशतले खस्केको छ । जीवन बीमा समूह पनि २।३१ प्रतिशतले घटेको छ ।
बजार घटेपनि आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिशतका हिसाबले सबैभन्दा बढी कमाएका छन् । प्रतिकित्ता ९० रुपैयाँ १० पैसाले बढेर ९९१ रुपैयाँ ५० पैसा पुगेको यो कम्पनीको शेयरमा सकारात्मक सर्किट नै लाग्यो ।
आइसीएफसी फाइनान्स लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । सो कम्पनीको प्रतिकित्ता सेयरमूल्य ३१ रुपैयाँ ७० पैसाले घट्दै ६२६ रुपैयाँमा झरेको छ । आइसीएफसीका लगानीकर्ताले आज प्रतिकित्ता शेयरमा ४।८२ प्रतिशत गुमाएका हुन् ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल