Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बा वादी र रामबादीको मौका !

कमरेडबाट बा माक्र्सवादीबाट रामबादी भएका थेच्चर नेता केपी ओलीको कमेडीप्रति उनकै छौंडा र ढेडूहरू दिक्क भएका छन् । जहाँ सिद्धान्त र दर्शन त्याग्दै नेता मोती दुगड हावी छन् । कम्युनिष्ट बिगार्ने कम्युनिष्ट आइरनकट आइरन जस्तै हो । त्यसैले वाम एकतामा एमाले बाधक हो । वामपन्थी एकताका कुराले अब जन आकर्षण दिँदैन । संसदको भत्ता खाने सांसद चल्न नदिन ती क्रान्तिकारी देखिए । आफ्नै हातमा डाडू पन्यु लिएर केपीले चलाएको दुई तिहाईको शासन उनको छुद्रता भ्रष्ट मानसिकता माफियाकरण र बिचौलियाको जगजगीमा सम्भव भएन । चुनावी एजेन्डाा नभएपछि शत्रुलाई नगर्ने गाली पुराण लगाउन पार्टी अध्यक्ष केपीलाई भ्याइ नभ्याई छ । जसले देशलाई रु ९ खर्व ऋण थपेर समृद्धिको बखान गर्छ । अध्यक्षको हैसियत ओलीको छुद्रताबाट घटेको छ । नेकपा एमाले कुनै विचार, सिद्धान्त र व्यवहारबाट निर्देशित जनमत भएको जमात रहेन । त्यहाँ मुर्ख पटमुर्खहरूको घुइँचो छ, नेतृत्वमा ओली नै सबै हुन् ।
त्यसमा ओम्नी, हुकाम, थामसेर्कुमात्र भएनन् विद्युत प्राधिकरणलाई रु २ अर्ब ४० करोड महसुल तिर्नु पर्ने, अग्रवाल समूह जोडिएको छ । सहकर्मी, सहयात्रीहरूलाई दुत्कार्दै एमाले अध्यक्षले जनताबाट पाउने साथ र सहयोग कस्तो होला ? पार्टीलाई टुक्रा टुक्रा बन्न नदिने दायित्व केपी ओलीको हो । उनी अध्यक्ष थिए । देशको प्रधानमन्त्री थिए । तर पार्टीको निर्देशन र सुझाव अनुसार केपीले कुनै काम गरेनन् । किनकि पार्टीको प्रचण्ड, माधव, झलनाथले कोरोनाले मृत्यु भएका मान्छेको लास बेर्ने कात्रोमा कमिशन खान अग्रसर हुने अवस्था थिएन । जसरी ओली र उनको गुटका ईश्वर पोखरेलहरू तयार भए । नेपालमा ७० प्रतिशत जनमत वाम पक्षको छ । यही भित्रबाट टुटे फुटेकाबाट फाइदा लिएर २३ जना प्रत्यक्ष निर्वाचित काँग्रेस सांसदमा समानुपातिक सहित ६५ जनाको टिमबाट ओलीको दम्ब र अहंकारले गुमेको सत्ताको नायक माओवादी र समाजवादीकै आडमा भयो । अहिले पीडा ओलीलाई तिनकै छ जो गठबन्धन गर्दैछन् ।
ओलीका भाषणमा विश्वास गर्ने धरातल छैन । दुई तिहाईको सरकारले मधेशको आवाज सुनेन । किनकि ५१ प्रतिशत जनमत भएको मधेशलाई शुरुका दिनमा ओलीले हेप्दा आन्दोलन चर्केको हो । यस पटक ओलीको हुकुमी भाषणप्रति त्यहाँ कति विश्वास होला । जसले सरकारमा रहँदा प्रमुख प्रतिपक्षको कुनै अडचन सहेन र पनि भोको पेट,नांगो शरीर हुनेहरूको माग पूरा गरेन । रेल र पानी जहाज ओलीको एजेन्डा हावा भए, मेट्रो रेल, स्मार्ट सिटीका योजनाकार राजधानीकै महानगरका पिताका घोषणा थन्किए । सत्ता कम्युनिष्टका लागि केही होइन । तर केपीलाई सत्ताबाट हटेर घरको बार्दलीबाट हुकुम बक्स गराउने ईश्वर, सुभाष र शंकरहरूको हाविगत पनि अब देखिन्छ । किनकि ओलीका अपराधका यी सारथी हुन् । अहिले एमाले मुद्दा बिनाको पार्टी बनेको छ । कम्युनिष्टको ट्रेडमार्कबाट मोती दुगड र अनिश अग्रवालको राज्य ठग्ने कला संरक्षित छ । तस्कर, व्यापारी, दलाल र एजेन्ट भनेको जनताका शत्रु हुन् । तिनै शत्रुको घेराबन्दीमा बसेर केपीले भारतीय गुरुको आदेश पालना गर्नु मै गर्व गर्छन् भने जनसमर्थन पाउन कठिन हुन्छ । यस पटक नेपाली कम्युनिष्टले चुनावमा हार्छन् । किनकि दुई तिहाईलाई रच्छ्यान बनाउने केपी र ओलीलाई समयमा तह लगाउन नसक्ने तत्कालिन नेकपाको बहुमतप्रति पनि जनताको गम्भीर प्रश्न जान्छन् । हिजो ठूलो भएको वामपन्थी अब विभाजनबाट सानो भइसकेको छ । ओली डुक्रिए पनि रोए पनि एमाले ठूलो दल बन्दैन । किनकि यो अवस्थाको नायक र जिम्मेवार उनी आफैं हुन् । संविधानले व्यवस्था गरेका जनताका हक, अधिकारका कुरामा नत सरकारले चासो दियो नत संसदमा छलफल भयो । स्थानीय तह, प्रदेश र संघीयता सरकारलाई जनपक्षीय बनाउन एमाले र ओली नेतृत्वले चासै दिएन । वामपन्थीबाट रामपन्थी कमरेडबाट बा बनेको केपीको दिमागले बरबराएको समृद्धि र विकासको फल लाग्नै दिएन । त्यसैले वापमन्थी यस पटक हार्छ, किनकि अहंकार र दम्बमाथि प्रहार गर्न २०७७ पुस ५ र ०७८ जेठ ८ गते संसद भंग गराएर संविधान कुल्चने राष्ट्रपति र केपी ओलीको नालयाकीको प्रतिफल चुनावमा जनताले दिन्छ । देशमा अझै प्रतिगमनको खतरा छ । केपी ओली, महन्त ठाकुर र कमल थापाहरूको साइनो जोडाउन भारतीय संस्थापन पक्ष लागेको छ । नेपालमा कम्युनिष्ट शक्ति बलियो बन्न नदिने दक्षिणको भारत, अमेरिकी साम्रांज्यवादसँगै युरोपेली युनियन एक छन् । समय क्रमले त्यहाँ इयुको पैसा खाएर वामपन्थीकै विरोध गराउन एमालेमा ओली, नेम्वाङ, अग्नि, क्रान्तिकारी माओवादीमा मोहन वैद्य, परी थापा, सिपी गजुरेलसम्मको दौतरी डलरले मिलाउँछ ।
काँग्रेसलाई लुकेर खानु छैन । उसलाई ओलीले नै संसदमा दर्ता गरेको एमसीसी १२ बुँदे संशोधनको पुलिन्दासहित पास गर्न सकेकोमा गर्व छ । किनकि विदेशी ऋण लिएर जनताको भावनामा बग्न सक्नु पनि काँग्रेसको कला हो । अबको काँग्रेस डा. रामशरण महतको पेरुङ्गे अर्थशास्त्रले चल्दैन । नकि गगन थापाको नक्कली बाख्रा फर्म र गाई फर्मले थान्न सक्छ । मात्र कुरा जनताको शिरमाथि झुण्डेको महंगी, बेरोजगारी, बेथिति र विकृतिमाथि प्रहार गर्ने कसले भन्ने हो । ओलीको रामवादमा त्यो सम्भव छैन ।


सम्बन्धित समाचार