Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवा र मोदीको आज भेटवार्ता हुँदै

काठमाडौं । तीनदिने भ्रमणको सिलसिलामा शुक्रबार अपराह्न भारतको नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज भ्रमणको दोस्रो दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ। देउवा र मोदीबीच अहिले विहान ११ः१० बजे प्रतिनिधिमण्डलस्तरीय कुराकानी हुनेछ। त्यसपछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न सहमति तथा सम्झौतापत्रमा हस्ताक्षर र आदानप्रदान हुने कार्यक्रम छ। आजै अपराह्न साढे चार बजे देउवाले भारतका उपराष्ट्रपति एम वेनकाइया नायडुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदी र अन्य नेताहरूसँगको छलफलमा सीमा विवाद, व्यापार तथा लगानी, ऊर्जा, कनेक्टिभिटी, दुईपक्षीय संयन्त्रहरू सञ्चालन, बिटुबी र पिटुपी सम्बन्धलगायतका विषयलाई प्राथमिकता साथ राख्ने बताइएको छ। भ्रमणका क्रममा इपिजी रिपोर्ट, पञ्चेश्वर परियोजना तथा रक्सौल–वीरगन्ज–काठमाडौं रेल सेवा विस्तारलगायतका विषयमा छलफल हुनसक्ने जनाइएको छ।