Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इमरान खानद्वारा पाकिस्तानको संसद् विघटन गर्न सिफारिस

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गर्नका लागि सिफारिस गरेका छन् । संसदले उनीविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेसँगै खानले राष्ट्रपतिसमक्ष संसद विघटनका गर्नका लागि सिफारिस गरेका हुन् । प्रधानमन्त्री खानले देशलाई सम्बोधन गर्दै चुनावको तयारी गर्न जनतालाई अपिल गरेका छन् ।
पाकिस्तानमा दुई सदनात्मक संसदीय व्यवस्था छ । तल्लो सदनलाई राष्ट्रिय सभा भनिन्छ भने माथिल्लोलाई सिनेट भनिन्छ । आफूविरुद्धको अविश्वासको प्रस्ताव आएसँगै खानले तल्लो सदन ३४२ सदस्यीय राष्ट्रिय सभा विघटन गरेर चुनावमा जाने घोषणा गरेका हुन् ।

उनले भने, ‘देशका जनताले चुनावको तयारी गर्नुपर्छ । यसको भाग्यको निर्णय गर्ने अधिकार अरु कसैलाई छैन, यहाँका जनताले निर्णय गर्नेछन्

इमरानले भने, ‘आज उप–सभामुखले जो अविश्वास प्रस्ताव खारेज गरेका छन् । यसका लागि म सम्पूर्ण समुदायलाई बधाई दिन्छु । हिजोदेखि सबै तनावमा थिए । मलाई सोधिरहेका थिए तर मैले उनीहरुलाई नडराउन भनिरहेको थिएँ ।’

‘सभामुखले आज आफ्नो संवैधानिक शक्ति प्रयोग गरी लिएको निर्णयपछि मैले व्यवस्थापिका–संसद् विघटन गर्ने निर्णय राष्ट्रपतिलाई बुझाएको छु ।’ यसअघि पाकिस्तानको राष्ट्रिय सभामा विपक्षीको अविश्वासको प्रस्तावलाई उपसभामुखले संविधानको धारा ५ को उल्लङ्घन भएको भन्दै खारेज गरिदिएका थिए ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल