Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कहाँ कति पुग्यो गाडीभाडा (सूचीसहित)

काठमाडौं । सरकारले लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा १० प्रतिशतले बढाएको छ । यातायात व्यवस्था विभागले स्वचालित भाडा दर कायम गर्दै यात्रुबाहक सवारीको भाडा दर १० प्रतिशतले बढाएको हो । विभागका अनुसार मालवाहक सवारीका लागि पहाडमा १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार मन्त्री स्तरीय निर्णय गर्दै स्वचालित भाडा दर कायम गर्ने निर्णय गरेको थियो । पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धिलाई मध्यनजर गर्दै लामो दूरीमा चल्ने सवारी साधनको भाडा बढाउने निर्णय गरिएको विभागका प्रवक्तासमेत रहेका उपसचिव डा। लोकनाथ भुसालले जानकारी दिए ।
पेट्रोलियम पदार्थमा न्यूनतम मूल्य पाँच प्रतिशत घटबढ हुनासाथ स्वचालित भाडा दर अनुसार गाडी भाडा समायोजन हुनेछ । गाडीका पार्टपुर्जासहित अन्य पक्षको मूल्यवृद्धिको भने हरेक वर्ष चैतमा पुनरावलोकन गरेर भाडा समायोजन गरिने जनाइएको छ ।
यसअघि सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्था अनुसार पेट्रोलमा पाँच रुपैयाँ मूल्य घटबढ भएपछि मात्र भाडा समायोजन हुँदै आएको थियो । उक्त व्यवस्था प्रभावकारी नभएपछि विभागको प्रस्तावमा मन्त्रालयले पाँच प्रतिशत मूल्य घटबढ भए मात्रै समायोजन गर्ने स्वचालित प्रणाली लागू गरेको हो ।