Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भरतपुर कांग्रेसले कुनै पनि हालतमा माओवादीलाई मेयर पद नदिने

नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकामा मेयर पद नछाड्ने निर्णय गरेको छ ।

जिल्ला कार्य समिति चितवनको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यसअघि चितवन कांग्रेसले महाधिवेशन प्रतिनिधिलगायतसँग धारणा माग गरेको थियो ।

मेयर पद अरुलाई छाड्न नसकिने तर गठबन्धन पनि कायम राख्ने निर्णय भएको चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।

उनका अनुसार अघिल्लोपटक माओवादीलाई छाडिदिएको हुँदा अहिले कांग्रेसले सो पद पाउनुपर्नेछ । तर भरतपुरमा माओवादी केन्द्रले पनि दाबी छाडेको छैन । माओवादीले यसअघि पनि आफूले उक्त स्थानमा जित हासिल गरेको भन्दै अहिले भरतपुरबाहेक अन्य स्थानमा दाबी छाड्न तयार भएको जनाएको छ

माओवादीका एक नेताले दिएको जानकारीअनुसार अहिले गठबन्धनको प्रमुख चुनौती नै भरतपुर भएको छ


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल