Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेपालमा पनि पछिल्लो समय अटो व्यवसायीले पुरानो इन्धन गाडीलाई विद्युतीयमा रुपान्तरण गरेका छन्। इञ्जिन खराबीका कारण अलपत्र परेका पुराना सवारी साधनलाई फेरि प्रयोगमा ल्याउन केही कम्पनीहरुले पेट्रोल तथा डिजल गाडीलाई विद्युतीयमा रुपान्तरण गरिरहेका छन्।
विद्युतीय गाडी तथा स्कुटरहरुको बिक्री गर्दै आएको दिगोले हाल एउटा पुरानो इन्धनबाट चल्ने वागनआरलाई विद्युतीय सवारीमा रुपान्तरण गरेको छ। कम्पनीका अनुसार इन्धन सवारीमा भएको इन्जिन र फ्युल ट्याङ्कलाई पूरै निकालेर त्यसको ठाउँमा ब्याट्री र मोटर राखेर रुपान्तरण गरिएको हो।
रुपान्तरण गरिएको सवारीमा इञ्जिनबाहेक अरु मेकानिकल पार्ट्सहरु यथावत राखिन्छ। इन्जिन भएको ठाउँमा मोटर राखिन्छ र कन्ट्रोलर पनि थप्नु पर्छ। बजारमा भएका इभी कारमा ब्याट्रीको रेन्ज निश्चित हुन्छ। तर रुपान्तरण गरिने कारमा भने ग्राहकहरुको आवश्यकता अनुसारको ब्याट्री राख्न सकिने कम्पनीका एक इन्जिनियरले बताए।
पुराना इन्धन गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्दा लगभग ७ लाखदेखि १२ लाख रुपैयाँसम्म खर्च लाग्ने ती इन्जिनियरले बताए। त्यो पनि ब्याट्री, मोटर र कन्ट्रोलरको सेलेक्सन अनुसार कति खर्चमा तयार हुन्छ भन्ने कुराको निश्चित हुन्छ।
दिगोले रुपान्तरण गरेको वागन आर १२ लाखमा तयार भएको बताएको छ। त्यस गाडीमा कम्पनीले ७२(९६ भोल्टेजको ब्याट्री प्रयोग गरेको छ। यो रुपान्तरण गरेको गाडीले फुल चार्जमा १८० किलोमिटरसम्मको माइलेज दिएको कम्पनीले दाबी गरेको छ। यो कारको ब्याट्री फुल चार्ज गर्न ५(६ घण्टा समय लाग्ने कम्पनीले जनाएको छ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल