Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रोल्पामा विप्लव र एमालेको गठबन्धन

काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निर्वाचनमा भाग लिने या नलिने बिषयमा भएको लामो समयको रस्साकस्सी पछि अन्ततः रोल्पामा उम्मेद्वारी दिने घोषणा गरेको छ।उक्त पार्टीका केन्द्रीय नेताहरुको निर्वाचनमा भाग लिने या नलिने विवादकाबीच विप्लव नेकपाका केन्द्रीय सदस्य चुडामणि वली आदर्शले रोल्पामा उम्मेद्वारी दिने घोषणा गरेका छन्। रोल्पामा विप्लव नेकपाले उम्मेद्वारी दिने घोषणा गरेसँगै निर्वाचन परिणाममा फेरबदल आउने अनुमान गरिएको छ। बिशेषत रोल्पा माओवादीको बलियो पकड रहेको जिल्ला हो। बैशाख ३० को निर्वाचन नजिकिएसँगै रोल्पामा विप्लव नेकपाले आधिकारिक रुपमा उम्मेद्वारी दिने घोषणा गरेसँगै उसले एमालेसँगै गठबन्धन बनाएर निर्वाचन लड्छ या एक्लै यो बिषयमा भने स्पष्ट धारणा भने सार्वजनिक गरेको छैन। गत स्थानीय निर्वाचनको मतपरिणामको आधारमा रोल्पामा माओवादीको बलियो उपस्थिति देखिएको थियो। कांग्रेस दोस्रो र एमाले तेस्रो भएका थिए। रोल्पाका दश स्थानीय तह मध्ये कांग्रेसले दुई गाउँपालिका, एमालेले एक र माओवादी केन्द्रले एक नगरपालिकासहित बाँकी गाउँपालीकाको मतपरिणाम आफ्नो पक्षमा पारेको थियो।
अबको निर्वाचनमा पाँच दलीय गठबन्धनले संयुक्त रुपमा तेस्रो शक्ति एमालेसँग चुनाव लड्ने निर्णय गरेका छन्। उनीहरुले संयुक्त बैठक बसी गठबन्धनलाई वडा तहसम्म लैजाने निर्णय गरेको नेकपा एकीकृत समाजवादी का जिल्ला अध्यक्ष हरिप्रसाद घर्तीले बताए। आगामी स्थानीय तहको निर्वाचनमा एमाले इतरका दलहरुको एउटा गठबन्धन र अर्को विप्लव नेकपाको गठबन्धन बन्ने बलियो संभावना रहेको एमालेकै एक नेताले जानकारी दिए। रोल्पाको स्थानीय तहमा आफ्नो साख गुम्न नदिन माओवादीले हदैसम्मको तयारीमा जुटेको छ। गठबन्धनदलहरुको आपसी सहमति र समझदारीमा उम्मेद्वारी टुंग्याउने तयारीमा रहेको एकीकृत समाजवादीका अध्यक्ष घर्तीले जानकारी बताए। उनले कुनैपनि हालतमा एमालेबिरुद्धको गठबन्धन कायमै रहने र यो गठबन्धनलाई निर्वाचन पश्चातपनि निरन्तरता दिने उनले दाबी गरे। उनले भने, ‘यो गठबन्धन केपी ओलीको असंबैधानिक कदमको बिरुद्धमा संविधानको रक्षाको लागि बनेको हो। यसलाई हामीले आगामी संघ र प्रदेशको निर्वाचन सम्मै लैजाने योजना रहेको छ।’
रोल्पामा तेस्रो शक्ति बिरुद्ध पाँच दलीय गठबन्धनको आवश्यकता छ र ? भन्ने प्रश्नमा घर्तीले भने,‘ यो गठबन्धन रोल्पाको आवश्यकता आधारमा बनेको नै होइन। केन्द्रीय नीति अनुरुप विशिष्ट परिस्थितिमा संविधानको रक्षा र प्रतिगमनका बिरुद्धमा बनेकाले हामीले त्यसको परिपालन गरेका हौँ। अब कहीँ कोही कमजोर बलियो हुनुले यसलाई निर्धारण गर्दैन।’

नेकपा९माओवादी केन्द्र० रोल्पाका इन्चार्ज तथा लुम्बिनि प्रदेशका सांसद दिपेन्द्र पुन भने गठबन्धनको केन्द्रीय नीति अनुरुप नै रोल्पाले कार्यान्वयन गरेको बताउँदै यसलाई तेस्रो शक्तिबिरुद्धको रुपमा मात्रै बुझ्नु आँशिक बुझाइ हुने जिकिर गरे। उनले भने, ‘राष्ट्रिय कार्यक्रमलाई परिपालना गरेको मात्रै हो। यसलाई रोल्पाको सन्दर्भमा मात्रै बुझ्नु गलत हुन्छ। राष्ट्रिय आबश्यकताले बनेको राष्ट्रव्यापी कार्यक्रमलाई हामीले कार्यान्वयन गरेका मात्रै हौं।’ रोल्पामा सत्तारुढ गठबन्धा भर्सेस एमाले(विप्लव गठबन्धन बन्ने संभावना कति छरु भन्ने प्रश्नमा पुनले त्यस्तो संभावना नभएको औँल्याए। उनले रोल्पाको सन्दर्भमा संभावना नरहेको र विप्लवको केन्द्रीय कार्यक्रम नै हो भने त्यस बिषयमा आफू जानकार नभएको बताए।
नेकपा एमाले रोल्पाका अध्यक्ष तथा रुम्टीगढी गाउँपालिकाका समेत अध्यक्ष रहेका बालाराम बुढा भने जतिसुकै गठबन्धन गरेपनि रोल्पामा आजको जनमत एमालेको पक्षमा रहेको बताए। उनले पूर्व माओवादीको ठूलो पंक्ति आफूहरुसँगै समाहित भएकाले हिजोको निर्वाचन परिणामको आधारमा आँकलन गर्नु युक्तिसंगत नहुने उनको तर्क छ। उनले भने,अदालती प्रक्रियाबाट बनेको सरकारी गठबन्धन जसरी रोल्पामा एमालेबिरुद्ध केन्द्रित भएको छ। यसलाई रोल्पाली जनताले आगामी निर्वाचनमा अस्वीकृत गर्ने उनको दाबी छ। उनले भने, ‘हिजोको परिणामको आधारमा होइन आजको परिवेशमा रोल्पामा एमाले बलियो बनेको छ। पूर्व माओवादीको ठूलो पंक्ति हामीसँग छ। हाम्रो जिल्ला ईन्चार्ज समेत पूर्वमाओवादी कै हुनुहुन्छ यसर्थ हामी हिजोको स्थिति भन्दा भिन्न परिस्थितिमा छौं।’ आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनलाई रोल्पाली जनताले विश्वास नगर्ने उनको जिकिर छ।
विप्लव नेकपासँग गठबन्धन गर्ने यहाहरुको संभावना कति छ, भन्ने प्रश्नमा उनले गठबनधन हुने संकेत गरेका छन्। बुढाले भने, ‘सबैसँग छलफल खुला गरिएको छ। आगामी दिनमा नहोला भन्न सकिन्न ।रोल्पाका कृयाशील राजनीतिक दलहरुसँग गठबन्धनको संभावना रहन्छ।’ तर विप्लव नेकपा रोल्पाका इन्चार्ज केशबहादुर बाठा सुवास भने आफ्नो पार्टीले दलीय हैसीयतमा चुनावमा भाग नलिने दाबी गरे। उनले पार्टीका तर्फबाट उम्मेद्वार खडा नगरिने यदि कोही उम्मेद्वार बन्न इच्छुक भए उसले पार्टीको जिम्मेवारीबाट राजीनामा दिनुपर्ने पार्टीको प्रावधान रहेको जानकारी दिए।
उनले आफ्नो पार्टीले स्वतन्त्र तवरले उम्मेद्वारी दिने या अन्य एमसीसी बिरोधी उम्मेद्वारहरुलाई सघाउने प्रष्ट पारे। उनले भने, ‘हामीले यस बिषयमा छलफल गरिरहेका छौं, अझै टुगिएको छैन। उनले पार्टीगतरुपमा उम्मेद्वारी नदिने प्रष्ट पारे। एमालेसँगको गठबन्धनको संभावनाबारे अहिले कुनै तयारी नभएको र त्यो संभावना तत्काल नभएको दाबी गरे। उनले भने, ‘दलगतरुपमा गठबन्धन बनाएर जाने कुनै तयारी छैन। उनका अनुसार स्वतन्त्ररुपले उम्मेद्वारी दिने या अन्यलाई सघाउने बिषयमा मात्रै छलफल भएको तर आगामी दिनमा परिस्थितिको आँकलन गरि अन्य निर्णय गरिने उनको भनाइ छ।