Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चुनावी घोषणापत्र उजिल्याउँदै काँग्रेस

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठक ललितपुरस्थित पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। आजको बैठकमा कांग्रेस महामन्त्री गगन थापा संयोजक रहेको ‘स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति’ले तय गरेको ‘चुनावी घोषणापत्र’बारे छलफल हुनेछ। २८ सदस्यीय समितीले बनाएको घोषणापत्रको मस्यौदालाई कार्यसम्पादन समितिको बैठकमा छलफल गरी अन्तिम रुप दिने तयारी छ। यस्तै सत्तारुढ गठबन्धनमा चुनावी तालमेलबारे भएको सहमतिका विषयमा पनि छलफल हुने मुख्यसचिव पौडेलले बताए। कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक पर्सि वैशाख २ गते शुक्रबार बोलाएको छ। स्थानीय तहको चुनाव आउन अब ३० दिन मात्रै बाँकी रहेको छ।