Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेयरमा आँखा लाउँदा वडा सबै काँग्रेसलाई

काठमाडौं । चितवनमा प्रचण्ड पुत्री रेणु दाहाललाई मेयर बनाउन वडा सबै काँग्रेसलाई बुझाउने काम भएको छ । माओवादी अध्यक्ष प्रचण्डको उद्देश्य भनेकै पुत्रीलाई मेयरमा जिताउने बन्दा वडाहरुमा कांग्रेसको बर्चश्व भउको हो । बहुचर्चित चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनमा आबद्ध दलले वडाको भागबण्डामा पनि सहमति गरेका छन् । सहमतिअनुसार नेपाली कांग्रेसले माओवादी अध्यक्ष प्रचण्डको १४ नम्बर वडासहित २० वटा आफ्नो भागमा राखेको छ भने माओवादीलाई पाँच र नेकपा एसलाई तीनवटा दिएको छ । कांग्रेसले १,२,३,४,५,६,७,८,१०,१४,१५,१६,१७,१८,१९,२०,२१,२३,२७,२९ मा अध्यक्ष लिने भएको छ । त्यस्तै माओवादीले ११,१३,२४,२५,२८ नम्बर वडा अध्यक्षको उम्मेदवार लिनेछ भने नेकपा एसले ९, १२ र २२ नम्बर वडामा भाग पाउने भएको छ । २६ नम्बर वडामा कुरा मिल्न बाँकि छ, जहाँ कांग्रेसले दाबी छाडेको छैन ।