Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजधानीमा दर्जनौं स्रष्टा एउटै मञ्चमा सम्मानित

काठमाडौं । एक दशक देखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप राष्ट्रिय मासिकले ‘मिलाप सम्मान तथा नयाँ वर्ष २०७९ शुभकामना आदान–प्रदान’ कार्यक्रम गरेको छ । एक विशेष सामारोहबीच मिलापले पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानको प्रमुख आतिथ्यतामा शुभकामना तथा मिलाप स्रष्टा सम्मान कार्यक्रमको सभापतित्व मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुषालले गर्नु भएको थियो । समारोहमा टीका–गोपाल गीतसंगीत विशेष सम्मान २०७९ बाट संगीतकार सन्तोष श्रेष्ठलाई सम्मान गरिएको थियो भने मिलाप राष्ट्रिय व्यक्तित्व सम्मानबाट विशिष्ट कलाकार तथा निर्देशक मोहन निरौला, लय संग्रौला, विश्व किर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्याय, वरिष्ठ कलाकार उत्तम केसी, गीतकार तथा निर्देशक गणेश सुवेदी, गीतकार वसन्त वित्यासी थापा, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, संगीतकार दीपक शर्मा, राजेन्द्र बजगाईं, साहित्यकार राधा भण्डारीलाई सम्मान गरिएको थियो ।


यसैगरी सो समारोहमा हास्य कलाकार तथा लोकदोहोरी गायक गोकुल कँडेल, खेलाडी तथा प्रशिक्षक रामदास गोपाली, लोक गायक तथा मोडल देबबहादुर परियार ‘हीरा’, नायक तथा कलाकार विनोद श्रेष्ठ, सञ्चारकर्मी व्यवसायी शिरीषा पौडेल, गायक तथा संगीतकार आशिष अविरल, निर्माता समाजसेवी यमप्रसाद श्रेष्ठ, चरित्र अभिनेता राजेश विशुराल, समाजसेवी सुमी राई लिम्बू, गीतकार यमलाल कँडेल, संगीतकार कृष्ण भारद्वाज, गायिका रानी शाक्यलाई सम्मान गरिएको थियो । यस्तै सो कार्यक्रममा गीतकार कृट क्षेत्री, गायक सरगम राई, गीतकार भुवन शर्मा कँडेल, गीतकार समीर खान, गायक भुवन प्यासी, संगीतकार विशाल ढकाल, गायक अलिप खान, संगीतकार रमेश पाठक, गायिका मञ्जु कुमारी लावती, फिल्म तथा भिडियो सम्पादक दिनशन शाह, म्युजिक भिडियो निर्देशक केशवराज भट्ट, अधिवक्ता तथा गीतकार राजेन्द्र शर्मा, ध्वनि सम्पादक मनोज परियार र नृत्य निर्देशक गोविन्द प्रभातलाई सम्मान गरिएको थियो ।
लायन हरि दाहाललाई मिलाप कभर हस्तान्तरसमेत प्रदान गरिएको समारोहमा वरिष्ठ पत्रकार विजयरत्न तुलाधर, सन्तोष श्रेष्ठ, मोहन निरौला, चुण्डामणि देवकोटा, प्रमुख अतिथि पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानलगायतले शुभकामना मन्तव्य राख्दै समसामयिक राजनीतिक घटनाक्रमका विषयमा आ–आफ्ना भनाइ राख्नुभएको थियो । मिलाप फाउण्डेशनकी अध्यक्ष तथा मिलापकी कार्यकारी सदस्य गीता अधिकारी संयोजक रहनुभएको कार्यक्रमको सहजीकरण दीप ज्योतिले गर्नुभएको थियो ।