Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भ्रष्टाचार विरोधी राजकुमार चुनावी मैदानमा

काठमाडौं । बैशाख ३० गते हुन गैरहेको आसन्न स्थानिय निर्वाचनमा गोदावरी नगरपालिकालाई समृद्ध र आत्मनिर्भर बनाउनका निमित्त राप्रपा पार्टीबाट प्रस्तावित मेयरको रुपमा समाजसेवि इमान्दार तथा कर्मठ सफल युवा ब्यावसायी लपु चापागाउँ लुबु ११ का राजकुमार महर्जनले आफ्नो उमेदवारी दिएका छन् । एक दशक देखि समाजसेवा र भ्रष्टाचार बिरुध्दको आवाजलाई बुलन्द गर्दै आईरहेका युवाधड्कन महर्जनलाई ‘हलो तिन्ह’मा अमुल्य मत प्रदान गरि गोदावरीवासी आम जनसमुदायले पूर्ण रुपमा साथ र सहयोगमा कुनै कसर नछाड्ने कुरामा राप्रपा पार्टीको चुनाव प्रचार, प्रसार समितिले बिश्वास लिएको छ । यतिबेला मेयरको दावेदार महर्जन आफ्नो चुनावी एजेण्डा लिएर नगरवासी माझ घरदैलो कार्यक्रममा ब्यस्त रहेका छन् ।
चुनावको समय नजिकिदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वैशाख ३० गते हुने स्थानीय तहको चुनावी प्रतिबद्धता पत्र गत बुधबार सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित निर्वाचन प्रतिबद्धता ‘घोषणापत्र’ सार्वजनिक समारोहमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको गौरवपूर्ण इतिहास, धर्म, संस्कृतिको संरक्षण एवं राष्ट्रिय राजनीतिको विकल्पसहितको घोषणापत्र राप्रपाले सार्वजनिक गरेको हो । भ्रष्टाचारका निम्ति शून्य सहनशीलताको नीति र सबै वर्ग, क्षेत्रमा सुशासनको लक्ष्यसहित चुनाव जितेको छ महिनासम्ममा विपन्न परिवारको पहिचान गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
यसैगरी, कक्षा १२ सम्म निःशुल्क शिक्षा, प्रारम्भिक बाल विकास शिक्षा, वर्ग तथा अल्पसंख्यक समुदायका साथै स्थानीय तहमा मातृभाषा शिक्षा, सबै नागरिकलाई निःशुल्क अनिवार्य बीमा र सुरक्षित बाल स्वास्थ्यको विषय राप्रपाको घोषणापत्रमा उल्लेख छ ।
उत्पादनलाई प्राथमिकतामा राखेर किसानको खेत–खेतमा बिजुली, बालीनाली क्षति भएमा कृषि तथा बाली बीमाको व्यवस्था, चार वर्षभित्र आधारभूत खानेपानीको सुरक्षा, एक घर, एक धारा जस्ता विषय राप्रपाको चुनावी प्रतिबद्धतामा उल्लेख छ । यससँगै जातीय छुवाछूतको पूर्णरुपमा अन्त्य, ज्येष्ठ नागरिकलाई प्रत्येक महिनाको एक पटक निःशल््क आधारभूत स्वास्थ्य परीक्षणको व्यवस्था, भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित समुदायको जीवनस्तर सहज बनाउन बत्ती, खानेपानी, ढल आदिको व्यवस्था गर्नेलगायतका प्रतिबद्धता राप्रपाले व्यक्त गरेको छ ।