Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूले राष्ट्रिय भेला आयोजना गरेका छन् ।
चुनावको विषयले विवाद गर्दै गएपछि विप्लवले कारबाही गरेका धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाव वलीको नेतृत्वमा चितवनको पर्सामा आजदेखि राष्ट्रिय भेला सुरु हुन लागेको हो ।
भेला दुई, तीन दिन चल्ने र एकताको आहृवान गर्दै नयाँ पार्टी घोषणा गर्ने केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए । ‘एकताको आहृवान गर्दै नयाँ पार्टी बनाउँछौं,’ उनले अनलाइनखबरसँग भने, ‘एकता गर्ने, बहस गर्ने कुरालाई खुल्ला राख्दै हामी संसदवादका विरुद्ध विद्रोह गर्छौं ।’
पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै विप्लवले १४ वैशाखमा दुई नेतालाई पार्टीबाटै निस्कासन गरेपछि विभाजन लगभग निश्चित नै भइसकेको थियो ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल