Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
तिसौ बसन्तदेखि समाज सेवामा सक्रिय १६९ पटक रक्तदान गरेर रेकर्ड बनाएका रक्तदाता प्रेमसागर कर्माचार्यले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा कर्माचार्यले नेपाल उन्नत पार्टीका तर्फबाट महानगरको मेयर पदमा उम्मेद्वारी दिएका हुन् । उनको चुनाव चिह्न खुला किताब रहेको छ ।
रक्तदाता समाजका केन्द्रीय अध्यक्षसमेत रहेका ५७ वर्षीय कर्माचार्यको स्थाइघर बागबजार हो बागबजारमा बसेर लाखौ मान्छेको ज्यान बचाएका छन,उनले आजका दिनसम्म सित्तैमा रगत उपलब्ध गराउले गरेका छन् । त्यसैले पनि उनी काठमाण्डौवासीका लागि परिचित छन् । रगत अभावले मृत्युको मुखमा अस्पतालमा छट्पटाउँदै गर्दा कर्माचार्यले रगत व्यवस्थापन गरी लाखौको ज्यान बचाएका छन् । त्यसैले पनि उनको उम्मेद्वारीलाई अर्थपूर्ण रुपले हेरिएको छ, किनभने ब्लड बैंकमा समेत रगत अभाव हुँदा उनले व्यवस्थापन गरिदिन्छन् । आपतकालीन अवस्थामा कामठमाडौंका ठूला अस्पतालका डाक्टरहरुले रगतको खाँचो पर्दा सम्झने नाम प्रेमसागर हो ।
रगत कतै व्यवस्थापन हुन नसकेपछि अन्तिममा कर्माचार्यसँग धैरै मानिस ठोकिन्छन् । यसरी उनले हजारौंको सेवा गरेका छन् । सरल, शान्त र दयालु स्वभावका कर्माचार्य रगत व्यवस्थापनका लागि चौबीसै घण्टा खट्दै आएका व्यक्ति हुन् ।
रगत व्यवस्थापन, रक्तदान कार्यक्रममा व्यस्त देखिने कर्माचार्य यति बेला चुनावी प्रचारमा व्यस्त छन् । महानगरवासीलाई निःशुल्क बत्ती, पानी, स्वास्थ्य र शिक्षा दिने उनका महत्त्वकांक्षी योजना हुन् । साथै, भूमिहीनलाई आवासको व्यवस्था गर्ने उनको प्रतिबद्धता छ । महानगरवासीले देश र जनताको रगत चुस्नेलाई भन्दा आवश्यक पर्दा रगत दिनेलाई मतदान गरी आफूलाई विजयी गराउनेमा कर्माचार्य आशावादी छन् ।
यस्ताे प्रेमसागरकाे प्रतिबद्दता

२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल