Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महंगी र भ्रष्टाचारले ल्याएन चुनावी रौनक

काठमाडौं । कानुनमा जे लेखिए पनि ठूला राजनीतिक दलहरूले पुरुषसरह महिला उम्मेदवार खडा गर्न कन्जुस्याई गरेका छन् । काँग्रेसले काठमाडौं महानगरमा माओवादीले भरतपुर महानगरमा प्रमुख पदमा गठबन्धनबाट उम्मेदवार बनायो तर महिला अधिकारकर्मीको हुँकार गर्ने प्रमुख प्रतिपक्ष नेकपा एमाले संसदको ठूलो दल, स्थानीय तहमा ठूलो पार्टी भएर पनि महिला उम्मेदवार प्रमुख बनाउनतर्फ लागेन, तर पनि महिला उम्मेदवार उठाउने दलमा भने पहिलो नै बनेको छ । हावादारी योजना र विपक्षीप्रति छुद्र बोली प्रस्तुत गर्ने अध्यक्ष केपी ओलीलाई आचारसंहिता समेत लाग्दैन । ओलीले जे बोले पनि हुने अरुलाई आचारसंहिता लाग्ने विचित्रको कानुन नेपालमै छ । नीतिगत लुट र भ्रष्टाचारले थिलथिलो भएको कारण चुनावी माहोल कुनै दलको छैन । सबैको ध्यान भरतपुरमा केन्द्रीत छ । किनकि त्यहाँ माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग जोडिएको छ । उनकी पुत्री दोस्रो पटक भरतपुरको मेयरमा उम्मेदवार बनेकी छिन् । काँग्रेसले विद्रोही समूहको तर्फबाट मेयर पदमा उठायो । जगन्नाथ पौडेल भरतपुरको बागी बनेका छन् । उनलाई फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठ समेत चितवन पुगेर ढोगभेट गरे पद दिलाउने आश्वासन बाँडे पनि काम लागेन । प्रचारमा लोभी एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको धरहराको बाहिरी रूप झलमल भए पनि भित्री संरचना बन्न अझै १ वर्ष लागे जस्तै समृद्धि र विकासले डाँडो काटेको बेला विकासे कुराका एजेन्डाले स्थान पाएका छैनन् ।
जनताले पिउने पानी शुद्ध पाएको छैन । एमालेका जनप्रतिनिधिको पहलमा बनेका विकासे योजनामा बाधा खडा गरेका काँग्रेसी महोदयहरू वडाध्यक्ष बन्ने गरी चुनावी प्रचारमा छन् । यस पटक १ लाख ५३ हजार २५३ जना उम्मेदवार बनेका छन् । बागी बनेका ८ हजार ३३ जनाले उम्मेदवारी फिर्ता गर्दा काँग्रेसले भरतपुर र जनकपुरमा बागी हटाउन सकेन । शीर्ष नेताकै गृह जिल्लामा बागी बनेका छन् । प्रम देउवाको गृहजिल्ला डडेलधुराका कर्ण मल्ल, रामचन्द्रको गृहजिल्ला तनहुँमा गोविन्दराज जोशी पुत्र दिपकराज जोशी बागी बनेर एमालेसँग मिलेका छन् । आयोगकाअनुसार प्रमुखमा ३५१७, उपप्रमुखमा २ हजार १७५, अध्यक्ष ३३९२, उपाध्यक्ष २४०७ जना रहेका छन् । छ महानगर, ११ उपमहानगर २७६ नगर, ४६० गाउँपालिका गरी ७५३ स्थानीय हमा ३५ हजार २२१ पदको उम्मेदवारी परेको छ । यस पटक १५०६ जना प्रमुख–उपप्रमुख, ६७४३ वडाध्यक्ष र २६ हजार ९७२ जना सदस्य चयन हुनेछन् । महिला र दलितको समूहगत प्रतिनिधित्व सदस्य पदमा भए पनि प्रमुख, उपप्रमुख दुवै पदमा महिला उम्मेदवार बनाउने हिम्मत कुनै दलले गरेनन् । भाषण नेताहरूका चर्का छन् तर कार्यकर्तालाई दास बनाउने प्रवृत्ति भने झन बढेको छ । यो प्रवृत्ति एमालेमा झन् बढेको छ । किनकि त्यहाँ केपी ओलीको एकछत्र रजाइँ छ । चुनाव प्रचारमा पनि उनी आपैंm सहभागी छन् । केपी ओली हेलिकोप्टर बढी प्रयोग गर्ने नेतामा पर्छन् । सत्ता गठबन्धनले सातै प्रदेशमा सभा गर्ने भनेको छ । एमाले पनि खर्चमा माहिर छ । कैयौं ठाउँमा रक्सीको खोला बगेको छ । मोटरसाइकल भिरबाट लडेका छन् । निर्वाचनमा फजुल खर्च रोक्ने काम आयोगले गर्न सकेको छैन । तर कार्यकर्ताले नेतृत्व भ्रष्ट भएकाले पैसा र भतेर खोजेका छन् । चुनावी रौनक नआउनुको कारण मुलुकमा भ्रष्टाचार र बेथिति बढ्नु हो । कम्युनिष्ट पार्टीले सरकार चलाउँदा कमिशनमोही, विचौलिया र माफियाप्रतिको सद्भाव छर्लङ्ग भयो । एमालेका अध्यक्षको कल्पना र लहडको कुराले चुनावी माहौल झन खस्कँदो छ । गाली पुराणका पारखी केपी गणतन्त्र, संघीयताका विरोधी हुन् भन्ने कुरा संघीयताको विरोधी राप्रपा, धर्मनिरपेक्षताका विरोधी अस्तित्वमा नभएको राप्रपासँग जोडिनु हो । ओलीले सत्ता छाडेको १० महिना भयो । त्यो बेलाको झमेला अझै पनि बाँकी छ । पैसा भएको व्यक्ति छानेर टिकट दिलाउने प्रवृत्तिको शुरुआत नेकपा एमालेले गरेको हो । लुट र भष्मासुर एमालेमै बढी छन् । अधुरो क्रान्ति सफल पार्ने भन्दै धम्क्याउने चन्दा उठाउने नत्रविक्रम चन्दको पार्टीका नेतानै अन्नपूर्ण होटलको मालिक मजदूर समस्या हल गर्न रु ५ करोड घुस लिएको काण्ड नै काफी छ । भ्रष्टाचार कम्युनिष्टहरूबाट धेरै हुन्छ, नीतिगत लुटमा परियोजनाको बजेट बढाइन्छ भन्ने यथार्थता केपी शासनले प्रमाणित गरेको छ ।