Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ज्वरो आउँदा सिटामोल छैन, किन चाहिँयो भ्यूटावर ?

भोको पेट भर्न सक्ने वातावरण छैन । रोग लाग्दा अस्पतालमा गरिबको उपचार हुँदैन । जसको छ उसका लागि गणतन्त्रले केही गर्ला, जसको छैन, उसले केही पाउँदैन । यो यथार्थता अहिले छ । जुन देशको संसदमा निर्वाचनबाट दुई तिहाई जनमत कम्युनिष्टले पाएका थिए । कम्युनिष्टले काम गर्छन्, गफ गर्दैनन् भन्ने कुरालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्ब र अहंकारले झूठ सावित गरिदियो । केपीबाट जनताले आशा गरेको भ्रष्टाचार नियन्त्रण, अभाव महंगी नियन्त्रणमात्र थिएन । किसानको उत्पादनले मूल्य पाउने, विचौलियाको हाइहाई चम्कने स्थिति नियन्त्रणसँग थियो । बेरोजगारले रोजगारी पाउनु नौलो होइन । कम्युनिष्ट पार्टीले चलाएको सरकार राष्ट्रिय सम्पत्ति समेत दलाललाई बुझाएर कमिशन खान पछि परेन । यसको नमूना केपी नै हुन् ।
अहिले सरकारमा काँग्रेस छ । काँग्रेसलाई चुनाव जित्नु छ । जनभावनाको कदर हुँदैन । शैक्षिक माफियाले देशलाई गन्दैनन् । राज्यले मुल एजेन्डा बिर्सेर टावर निर्माण सिद्धान्तलाई अगाडि बढाएको छ र पनि विकास र समृद्धिको गित चर्को छ । देशको गरिबी चुलिँदो छ । महंगीले नेटो काट्यो । देश भोकरीले ग्रस्त छ । संसारले कोरोनासँग लड्यो तर नेपालका नेताले कमाईको मौका बनाए । अहिले पनि ओलीकालको झमेलामा सरकार छ । दरबारभित्र भट्टी चलाउने बतास समूह धर्मशालामा होटल चलाएर कमाउन सफल हुँदा त्यसको डोरोबाटो लगाउने काम ओली शासनले गथ्र्यो । जसलाई कम्युनिष्ट शासन भनिन्थ्यो । त्यो शासनले रोग, भोक, अशिक्षा, बेरोजगारी विरुद्ध लडेन बरु ऐस आराम र विलासीलाई जोड दियो । उसैको चर्को डाको अहिले छ ।
अस्वस्थताले देशको अवस्था जोगाउने होइन नेताको नीति र कार्यक्रमा सरकारको बजेट पर्छ । जनताको सेवा पर्दैन । आखिर कम्युनिष्टको सिद्धान्त भनेकै लुट र मस्ती गर भएको छ भने काँग्रेसलाई गाली किन गर्ने ? पूर्व पश्चिम रेल तयारी बिनाको पानी जहाज बिभागले लोक हँसायो । यस्तै कारणले पनि नेकपा एमाले र केपी ओलीको नेतृत्वले पाउँदैन जनमत । हिजो एमालेले गर्छ, वृद्ध भत्ता दिन्छ, बढाउँछ भनेर भत्ता पाए जस्तो अब हुँदैन । साँस्कृतिक, आर्थिक, महत्व भएको डाँडा सबै भत्काउने संस्कृतिले कसरी सभ्यता बढाउँछ ? जनताले भ्यूटावर रोज्छ कि महंगी, नियन्त्रण, भ्रष्टाचार नियन्त्रण खोज्छ ? किसानले उखु बेचेर पैसा पाउन माइतीघर मण्डलामा जीवन दिएको देश हो यो । जुन देश कृषि प्रधान भनिन्छ, तर उपभोग्य वस्तुको ९० प्रतिशत बजार भारतमा निर्भर छ । कृषि योग्य जमिन कतै सिञ्चाई नहुँदा कतै बजार नहुँदा बाँझै छन् । युवा पाखुरी खाडी मुलुक खेदेर तीनले पठाएको रेमिट्यान्सले बाँचेका देशका कपूतहरूको जबसम्म चरित्र सुध्रिँदैन तबसम्म तिनको दस्तावेजले औल्याएका इस्युको अर्थ रहँदैन । प्राथमिकता भ्यूटावरमा छ ।
त्यसको खर्च रु ३ अर्ब बढी छ । अस्पताल लैजाने विरामी समेत एम्बुलेन्सको चालकको सनक पर्छ । समाज सेवाको अब्बल क्षेत्र रेडक्रस र विरामी बोक्ने एम्बुलेन्स व्यापारमा जोडिँदा कुन दर्शन बोक्छ ? देशको आयस्रोत छैन कसरी बढ््छ भत्ता ? कम्युनिष्टहरू नै महंगी र भ्रष्टाचारका कारक हुन् भन्ने कुरा इन्धनमा भन्सारबाटै लिइने करले देखायो ।
धरहरालाई साथी खोजेर झापादेखि ताप्लेजुङसम्म भ्यू टावर बनाउने प्रतिस्पर्धालाई माओवादीको तर्फका स्थानीय निकायले पनि शहिदको सम्झना गर्न गोरखामा टावर खडा गरे । आखिर जनताले शिक्षा, स्वास्थ्य, रोजगारी पाउने कुरा केबल प्रचार र देखावटी रहेछ भन्ने देखिएपछि कम्युनिष्टलाई किन दिने भोट ? कहाँ छ निष्पक्षता, कति भए जनतासँग जोडिएका काम ? रोजगारी पाउनु परको कुरा भएका उद्योग काँग्रेसले कौडीको मूल्यमा बेच्दा कमिशन खाने कम्युनिष्ट एमालेले ती उद्योग फिर्ता गर्ने आँट गरेन । कम्युनिष्टको शिक्षा र स्वास्थ्यमा चलेका ठूला माफियासँग मिलाप भएको कारण दश वर्षे युद्ध लडेर आएको माओवादीले समेत सत्तामा बसेर केही लछारपाटो लगाएन ।
भ्यूटावरवादीहरू जनतासँग भोट माग्न आउँदैछन् । अबका योजना यिनका छैनन् । यीनले सकेको गरे । महंगी बढाए, देशमा कोरोना जाग्दा ओम्नी र हुकामको सेवा पु¥याए । वाइडबडी काण्ड, थामसेर्कु काण्ड, सेक्युरिटी प्रेस काण्ड, अप्टिकल फाइबर काण्ड चर्काएकै हुन् । त्यही टेलिकम र एनसेलको व्यापार नाफा घाटा हेर्नेले हेरे भयो तर हिजो गोकुल सञ्चारमन्त्री बन्नु अगाडिको नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणको ओरालो यात्रा । स्वास्थ्य क्षेत्र कतै प्रगति छैन, शिक्षामा हुने कुरै भएन । भ्यूटावरको प्रतिफल के आउँछ ? फजुल खर्च गर्न जनता उकास्ने बाटो नत स्कुलमा पानी छ नत शौचालय बनेका छन् । जति बने तीनको व्यवस्थापन छैन । जति स्कुल छन्, गुणस्तरीय शिक्षा छैन ।
नदीमा झोलुङ्गे पुल नहुँदा तुइनमा नदी वारपार गर्नुको पीडा हरियो जंगल फाँडेर भूक्षय बढाइएको धेरै भयो । सरकार, मन्त्री र नेताको ध्यान किसानको उत्पादनले बजार पाउनुपर्छ भन्ने तर्फ छैन तर रमिता तिनैको छ जसले भ्यूटावर निर्माण गरेका छन् ।