Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । खाना पकाउने एलपी ग्यास मासिक ३० लाख सिलिन्डर मात्रै खपत हुन्छ । अप्रिल महिनामा भारतीय आयल कर्पोरेसन्स (आईओसी) बाट ४७ हजार टन अर्थात् ३३ लाख सिलिन्डर ग्यास भित्रिएको छ । नेपाल आयल निगमको यो तथ्यांकअनुसार बजारमा ग्यास पर्याप्त उपलब्ध हुनुपर्ने हो तर बजारको अवस्था हेर्दा निगमको यो अभिलेख झूटो सावित हुन्छ । हाल मुलुकभर ५९ वटा ग्यास कम्पनीहरू छन् । ती कम्पनीका करिब डेढ करोड सिलिन्डर बजारमा उपलब्ध छन् । तर, अधिकांश कम्पनीका ग्यास सिलिन्डर अहिले सहजै पाइँदैन । निजी मात्रै होइन, सरकारी ग्यास उत्पादन कम्पनी एसटीसीकै पनि ग्यास सिलिन्डरको अभाव छ । एक महिनाअघि ग्यास उद्योगीहरूले बाह्य तथा आन्तरिक ढुवानी भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा प्रणाली कायम गर्न माग गर्दै आन्दोलन गरेका थिए । जसका कारण चैत ६ देखि दुई सातासम्म ढुवानीमा अवरोध हुँदा बजारमा ग्यास अभाव देखिएको हो । त्यस्तै, अर्थमन्त्री जनार्दन शर्माले इन्धनको मूल्य स्वचालित प्रणालीअनुसार तोक्न वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिएपछि ग्यासको मूल्य बढ्ने आकलन गर्दै व्यवसायीले समेत ग्यास लुकाएका छन्, सर्वसाधारणले पनि ग्यास मौज्दात राख्दा बजारमा अभाव चुलिएको हो । ‘सरकारले ग्यास आपूर्ति भइरहेको दाबी गरे पनि ठाउँठाउँका डिलरमा ग्यास छैन । निगमले ग्यासको पीडीओ दिएपछि नेपाल एलपी ग्यास उद्योग संघले आईओसीको पारादिप, हल्दिया, बरौनी र मथुरा रिफाइनरीबाट ग्यास आयात गर्छ ।
निगमका एलपीजी तथा एभिएसन विभाग प्रमुख नेत्र काफ्लेले भने ग्यास बुलेट लाइनमा राखेर बढी ल्याउनुपर्नेमा उद्योगीहरूले नल्याएको आरोप लगाए ।उनले बजारमा ग्यास नबिक्ने अवस्थामा रहेको दाबीसमेत गरे । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माले ग्यास अभावबारे क्षेत्रगत रूपमा दैनिक ४ टोलीलाई अनुगमनमा खटाएको बताए ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल