Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बीमा क्षेत्रमै पहिलो मर्जर सम्झौता

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एक आपसमा मर्जर जाने भएका छन् । सो प्रयोजनको लागि दुई कम्पनीबीच बैशाख २२ गते एक आपसमा समझदारी पत्र ९एमओयू०मा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा हिमालयन जनरल इन्स्योरेन्सका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ र एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष राजिभ सापकोटाले हस्ताक्षर गरेका हुन् ।
तोकिएको पुँजी पुर्याउनको लागि यी दुई कम्पनीले मर्जको बाटो रोजेका हुन् । बीमा कम्पनीबीच यो पहिलो मर्जर सम्झौता पनि हो । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी १ अर्ब रुपैयाँबाट बढाएर साढे २ अर्ब रुपैयाँ पुर्याएको हो । यससँगै अब दुबै कम्पनीको सम्पत्ति तथा दायित्व मूल्याँकन डीडीए सकिएपछि सेयर आदन प्रदान अनुपात स्वाप रेसियो तय हुने इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले बताएका छन् ।
हाल हिमालयन जनरलको चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँ छ । यस्तै, एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ छ ।
बीमा समितिले बीमा कम्पनीहरुको पुँजी बढाउने नीतिलाई प्राथमिकता साथ अगाडि बढाएसँगै कम्पनीहरु एक आपसमा मर्जको प्रकृयामा अगाडि बढेका हुन् । समितिले कम्पनीहरुको पुँजी बढाउनको लागि थप लगानी, बोनस सेयर, विदेशी साझेदारी, मर्जर वा प्राप्ति लगायतका विभिन्न विकल्प दिएको छ । सोही नीतिअनुसार कम्पनीहरुले पुँजी वृद्धिको प्रस्ताव समितिमा पेश गरिसकेका छन् ।