Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनता खोज्दै माओवादी घरदैलोमा

काठमाडौं । गफ गर्नेलाई सुनौ, काम गर्नेलाई चुनौ, व्यवस्था त बदल्यौं, अवस्था बदल्नु छ भन्ने मुल एजेन्डासाथ चुनावी अभियानमा होमिएको माओवादी केन्द्रले टोखा नगरपालिकामा मेयर शेखर श्रेष्ठ र उपमेयरमा यमुना पुडासैनिलाई अगाडि सारेको छ । सो नगरपालिकामा नेपाली काँग्रेससँग गठबन्धन हुने हल्ला चलाए पनि काँग्रेसको आन्तरिक द्वन्द्वका कारण गठबन्धन नभएपछि छुट्टाछुट्टै उम्मेदवारी दिएर दलहरु चुनावी मैदानमा छन् । समृद्ध र सुन्दर टोखा नगर सुशासन, शान्ति सुरक्षा र सामूहिक हित, साँस्कृतिक मौलिक शहर जस्ता एजेन्डाहरु माओवादी उम्मेदवारहरुले अगाडि सारेका छन् । यतिखेर घरदैलो अभियानलाई अगाडि बढाएको त्यो समूहको वडा नं. ५ मा श्यामकाजी तिमिल्सिना अध्यक्ष, लेखबहादुर दियाली सदस्य, टिकाकुमारी बोहोरा महिला सदस्य र विष्णुमाया बिक दलित सदस्यका रुपमा प्रस्तुत भएका छन् । निर्वाचन अभियानलाई आफ्नो पक्षमा पार्नका निम्ति घरदैलो अभियानमा सहभागी अध्यक्ष पदका उम्मेदवार श्यामकाजी तिमिल्सिनाले विपक्षी नेपाली काँग्रेस र एमालेभन्दा आफ्नो पक्षलाई जनताले रुचाएको दाबी गरेका छन् । उनका अनुसार, वडा नं. ५ मा विगतदेखिनै सामाजिक गतिविधिमा सक्रिय रहेका अनुहारहरु नै माओवादी टिममा रहेकाले यस पटकको निर्वाचनमा टोखा नगरपालिकामा माओवादीको स्थिति मजबुद बनेको उनीहरुले बताएका छन् । नगर प्रमुखका उम्मेदवार शेखर श्रेष्ठले आफ्नो टिमबाट आठ ‘स’ को अवधारणा अगाडि सारेका छन् । ती अवधारणाभित्र जेष्ठ नागरिकलाई सम्मान, सूचनाको हक, सुशासनको प्रत्याभूनि, साँस्कृति मौलिक शहरको निर्माण, सामुदायिक हितलाई प्राथमिकता, शान्त सुरक्षा ः नगरको आकांक्षा, समृद्धि र सुन्दर टोका, समावेशीता र उत्कृष्टतालाई लागू गर्ने रहेका छन् ।