Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य डा। आरजु राणा र माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिमा स्पष्टीकरण दिएको छ ।
पार्टीले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा। प्रकाशशरण महतले आरजुको अभिव्यक्तिमा स्पष्टीकरण दिंदै भने, ‘कांग्रेसले जित्यो भने बजेट सुनिश्चित हुन्छ भन्नुभएको हो । तपाईंहरुको विकास सुनिश्चित गर्नुभएको होला । अहिले बोलेको अलिकति टिपेर हाल्ने प्रचलन छ ।’
दोस्रो दर्जाको सरकार जसरी कांग्रेसले जितेको ठाउँमा बजेट विनियोजन गर्ने काम पूर्व सरकारले गरेको आरोप लगाउँदै उनले कांग्रेसले भेदभाव नगर्ने बताए
प्रधानमन्त्री पत्नी आरजुले डडेलधुरामा आयोजित एक कार्यक्रममा आफ्नो पार्टीले नजितेको ठाउँमा बजेट पठाउँदैनौं भनेको भिडियो भाइरल भएको थियो ।
कांग्रेस प्रवक्ता महतले चितवनको भरतपुरमा सत्ता गठबन्धनले गरेको संयुक्त चुनावी सभामा बोल्ने क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दिएको अभिव्यक्तिको पनि बचाउ गरे ।
सभामा प्रचण्डले धम्की नदिएको उनले बताए । गठबन्धन टुटेर एमालेकै सरकार आएमा अवस्था खराब हुने आशयमा प्रचण्डले विचार व्यक्त गरेको महतले बताए । ‘ओलीको सरकार आएर खराब हुन्छ भन्न त मिल्छ नि । त्यो सोच्नुस् भन्नुभएको हो ।’
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल