Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं महानगरपालिकामा नेकपा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षको उमेदवार बनेका तीनजना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
केही दिनअघि माओवादी केन्द्रका तर्फबाट काठमाडौं–१३ र १५ को वडाध्यक्ष पदको उमेदवार बनेका व्यक्ति एमालेमा प्रवेश गरेका थिए । आज फेरि माओवादी केन्द्रबाटै काठमाडौं–२४ का वडाध्यक्षको उमेदवार बनेका राजेन्द्र श्रेष्ठ एमालेमा प्रवेश गरेका छन् ।
उनीसहित माओवादी परित्याग गरेका २४ जनालाई एमाले काठमाडौं जिल्ला सचिव राजेश शाक्यले टीका लगाएर पार्टीमा स्वागत गरे । पार्टी प्रवेशपछि श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा आफ्नो सन्तानलाई जिताउनेबाहेक अरू कार्यकर्ताको संरक्षणमा ध्यान नदिएको भन्दै असन्तुष्टि जनाए ।
यसअघि, माओवादी केन्द्रका तर्फबाट काठमाडौं–१३ को वडाध्यक्षको उमेदवार बनेका रामशरण डंगोल र काठमाडौं–१५ को वडाध्यक्षको उमेदवार बनेका रत्नकाजी महर्जन एमाले प्रवेश गरेका थिए ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल