Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सातै प्रदेशमा प्रमुख नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले सातै प्रदेशमा प्रमुखको नियुक्ति गरेकी हुन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सातै प्रदेशका लागि प्रदेश प्रमुखको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको उल्लेख छ ।

जसअनुसार प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी (कास्की) प्रदेश प्रमुखमा नियुक्त भएका छन् । यस्तै, प्रदेश २ मा तिलक परियार (बाँके), प्रदेश ३ मा विष्णुप्रसाद प्रसाईं ९झापा०, गण्डकी प्रदेशमा अमिक शेरचन (चितवन) प्रदेश प्रमुखमा नियुक्त भएका छन् ।

यसैगरी, प्रदेश ५ मा धर्मनाथ यादव (सिराहा), कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी (बैतडी) र सुदूरपश्चिम प्रदेशमा शर्मिला कुमारी पन्त (चितवन) प्रदेश प्रमुख बनेका छन् ।
नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुको सपथग्रहण आज हुने भएको छ ।राष्ट्रपति कार्यालय शीतल निवासमा भोलि बिहान ८ बजे सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुलाई सपथ ग्रहण गराउने तयारी भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल