Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गृहमन्त्री र प्रधानमन्त्री गुहारेपछि धर्मेन्द्र बास्तोला छुटे

काठमाडौं । दाङको भालुवाङबाट पक्राउ परेका नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले सोधपुछपछि छोडेको छ । बास्तोलाले आफू भर्खरै प्रहरीको नियन्त्रणबाट छुटेको जानकारी दिए । बुटबलमा भएको विस्फोट र चुनावको बहिष्कारसम्बन्धी विषयलाई लिएर आज प्रहरीले बास्तोलालाई पक्राउ गरेको थियो । प्रहरीको सोधपुछमा बास्तोलाले आफ्नो पार्टीले स्थानीय चुनाव विथोल्ने खालका क्रियाकलाप नगर्ने जानकारी गराएका छन् । प्रहरी हिरासतबाटै आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग फोनमा कुराकानी गरेको बास्तोलाले बताए । मेरो प्रधानमन्त्री र गृहमन्त्रीसँग हिरासतमै कुरा भएको थियो । उहाँहरुसँग मैले आफ्नो कुरा राखेपछि प्रहरी लचिलो भएको हो, उनले भने ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल