Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चुनावको मुखमा अमेरिकाबाट फर्किए हृदयेन्द्र

काठमाडौं । अमेरिकामा उच्च शिक्षा अध्ययनरत पूर्व नवयुवराज हृदयेन्द्र शाह स्थानीय चुनावको छेकोमा स्वदेश फर्किएका छन् । यद्यपि उनले मतदानमा भाग लिने सम्भावना भने न्यून छ । हृदयेन्द्र हाल अमेरिकाको बोस्टनस्थित एक विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत छन् । उनी केही दिनअघि मात्रै नेपाल फर्किएको पूर्वराजा ज्ञानेन्द्रका स्वकीय सचिव फणिराज पाठकले बताए । कलेजको छुट्टीमा आउनुभएको होला, चुनावमा भाग लिनुहुन्छ जस्तो लाग्दैन, उनले भने । पूर्वराजपरिवारका सदस्यहरुले अहिलेसम्म कुनै पनि चुनावमा मतदान गरेका छैनन् । राजा सबैको साझा हुने भएकाले कुनै पार्टी वा उम्मेदवारलाई समर्थन गर्न नमिल्ने मान्यता पूर्वराजपरिवारको छ । मतदाता नामावलीमा भने राजपरिवारका सदस्यहरुको नाम समावेश छ । पूर्वराजाका दुई नातिनीहरु पूर्णिका र कृतिका भने थाइल्यान्डमा अध्ययनरत छन् । कान्छी छोरी कृतिकाले गत वर्षमात्रै जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता बनाएकी थिइन् । स्थानीय तह निर्वाचनमा राजपरिवारले भोट हाल्ने– नहाल्ने विषयमा आफूलाई एकिन जानकारी नरहेको पाठकले बताए । उनले भने, यसअघि भोट हाल्नुभएको थाहा छैन । यो स्थानीय तह चुनावमा पनि भोट हाल्नुहोला जस्तो लाग्दैन ।