Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको गृहनगर दमकमा महागठबन्धन फेरि लाग्यो अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा महागठबन्धनले अग्रता लिएको छ । यसअघिको परिणाममा एमालेले अग्रता लिएको भएपनि भर्खरै सार्वजनिक परिणामा गठबन्धन अगाडि देखिएको हो ।

महागठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार राम थापालाई २१८५ मतसहित अग्रता लिएका हुन् । थापालाई एमालेका उम्मेदवार गीता अधिकारीले २१३६ मतका साथ पछ्याइराखेको अवस्था छ । महागठबन्धनका उम्मेदवार थापाले ४९ मतको अग्रता लिएका छन् ।

प्रारम्भिक मत परिणाममा राम थापाले अग्रता लिएका थिए । त्यसपछि निरन्तर एमाले उम्मेदवार अधिकारीको अग्रता थियो । पछिल्लो परिणाममा थापा अगाडि लागेका छन् ।

यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार रेगिना भट्टराईले २१३८ मत ल्याएकी छिन् । एमालेका अम्बिकाप्रसाद खनालले भने १९७७ मत मात्र पाएका छन् । उपमेयरमा भने काँग्रेस उम्मेदवार भट्टराईले १७२ मतको अग्रता बनाएकी छिन् ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल