Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । गुणस्तरीय सामग्री निर्माण गरेर नाम कमाएको ज्याकवार ग्रुपले नेपालमा पहिलो पटक डिस्प्ले लेआउट भवन संचालनमा ल्याएको छ । घर निर्माणका क्रममा बाथरुम र लाइटिङका लागि प्रयोग हुने निर्माण सामग्री उत्पादन गर्दै भारत लगायत विश्वका धेरै मुलुकमा ख्याती कमाएको ज्याकवारले नेपालमा पनि आफ्नो ब्यवसाय बिस्तार गर्ने क्रममा डिस्प्ले सेन्टर खोलेको छ । मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी उक्त लेआउटको कम्पनीका सेल्स एण्ड मार्केटिङ हेर्ने प्रमुख परभेज ए अमिनले उदघाटन गरेका छन् ।
नेपालमा पहिलो पल्ट स्थापित उक्त डिस्प्ले भवन संचालनसँगै नेपाली ग्राहकहरुले रुचीअनुसार अवलोकन गरी काठमाडौं लगायत देशका बिभिन्न सहरमा रहेका डिलर वा खुद्रा बिक्रेतामार्फत् बाथरुम र लाइटिङका लागि आवश्यक पर्ने सामान खरिद गर्नसक्नेछन् । काठमाडौंको मैतीदेवी हाइटमा रहेको उक्त ज्याकवारको डिस्प्ले भवनबाट ग्राहकहरुले सामान अवलोकन गर्नुका साथै निःशुल्क इन्जीनीयरिङ सेवा समेत प्राप्त गर्नसक्ने अमिनले जानकारी दिए । उनका अनुसार ग्राहकहरुलाई थप सन्तुष्टि र सहुलियत दिनुका साथै ज्याकवार कम्पनीका सामान बढी भन्दा प्रचार प्रसार गराउनका लागि उक्त डिस्प्ले भवनको स्थापना गरिएको हो । निर्माण सामग्रीको क्षेत्रमा यसखालको डिस्प्ले भवन स्थापना पहिलो बिदेशी कम्पनी हो ।
भारतको हरियाणास्थित मानेसरमा मुख्य कार्यालय रहेको उक्त कम्पनीले ५५ भन्दा बढी देशमा आफ्नो ब्यवसाय बिस्तार गरिसकेको छ । सन् १९६० मा स्थापना भएको उक्त कम्पनीमा १२ हजार भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । ज्याकवार कम्पनीबाट उत्पादित बाथरुम र लाइटिङका सामानहरु गुणस्तरीय र टिकाउ भएकाले विश्व बजारमा यसको माग बढी रहेको अमिनले बताए । विभिन्न ४ हजार प्रकारका उत्पादनहरु गर्दैआएको यस कम्पनीका नेपालमा १ सय ५० भन्दा बढी डिलरहरुमार्फत् यसका उत्पादनहरु बिक्रीबितरण हुँदैआएका छन् । नेपालमा ४० बर्षअघिदेखि यस कम्पनीका बाथरुम र लाइटिङमा प्रयोग हुने उत्पादनहरु बिक्री हुँदैआएका छन् ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल