Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
बिहीबार हेटौंडाको एउटा दृश्य रोचक देखिन्थ्यो । रोचक मात्रै होइन दृश्य अली अमिल्दो पनि देखिन्थ्यो । किनकी विजयी उम्मेदवारले पराजित उम्मेदवारलाई बाँधमा बोकेर खुसीयाली मनाएका थिए । जुन तस्बिर यतिबेला सामाजिक सञ्जालमा निकै रुचाइएको छ । सो तस्बिर हेटौंडा–५ मा विजयी भएका एमालेका उम्मेदवार सुशील घिमिरेले आफ्ना प्रतिस्पर्धी काँग्रेसका उम्मेदवारसँग आशीर्वाद लिँदै काँधमा राखेर विजय जुलुस निकाल्दाको हो ।
हेटौंडा–५ को वडा अध्यक्षमा सत्ता गठबन्धनको तर्फबाट काँग्रेसले हयगृव आचार्यलाई उम्मेदवार बनायो भने एमालेले सुशील घिमिरेलाई उम्मेदवार बनायो । जसमा घिमिरेले बाजी मारे । लामो समय वैदेशिक रोजगारमा गएर आएका घिमिरे काँग्रेसका उम्मेदवार आचार्यका शिष्य हुन् । उनै घिमिरेले आफनै विद्यालय तहको गुरू आचार्यलाई स्थानीय तह निर्वाचनमा पराजित गरेका हुन् ।
घिमिरेले २ हजार ५३० मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका हयग्रीव आचार्यले १ हजार ३९० मत ल्याए । घिमिरेले आधारभूत तहको शिक्षा आचार्यबाट पाएका थिए ।आचार्यले २०४० सलादेखि २०४५ सम्म हेटौंडा–५ स्थित बालज्योति माध्यमिक विद्यालयमा आर्चाय शिक्षक थिए । सोही विद्यालयमा घिमिरेले कखरा सिकेका थिए । घिमिरेको शैक्षिक यात्रा प्रारम्भ आचार्यले नै गराएका थिए ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल