Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विद्यार्थीले गरे आयल निगम घेराउ

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्तारुढ र विपक्षी दलका विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनले निगममा घेराउ गरेका हुन् ।

निगमको कार्यालय पुगेका नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी लगायत सत्तारुढ दल र विपक्षी दलका विद्यार्थीहरूले मूल्य वृद्धि खारेज गर्नुपर्ने र निर्देशकको राजीनामा समेत माग गरेका छन् ।

आइतबार रातिदेखि लागु हुनेगरी सातामै दोस्रो पटक नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको थियो ।

आइतबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको थियो भने खाना पकाउने एलपी ग्याँसको मूल्य सिलिन्डरमा २०० रुपैयाँले बढेको थियो ।

अब एक लिटर पेट्रोलको १८० रुपैयाँ पुगेको छ भने मट्टीतेल र डिजलको १६३ रुपैयाँ तथा एक सिलिन्डर ग्याँसको मूल्य १८०० रुपैयाँ तोकिएको छ ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल