Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ठगी मुद्दाका फरार कसुरदार पक्राउ

काठमाडौं । ठगी मुद्दाका फरार कसुरदार चितवन भरतपुर बस्ने काठमाडौं साङ्ला घर भएका ३२ वर्षीय रविन्द्र अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको २०७३ असोज ४ गतेको फैसलाले १ बर्ष कैद र २६ लाख ७५ हजार रुपैयाँ जरिवाना ठहर भई सजाय वेरुजु रही फरार भएका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले चितवनबाट पक्राउ गरेको हो । अधिकारीले काठमाडौं गोगंवुमा संचालक समितिका सचिव भै बचत तथा मुद्दती खातामा आकर्षक व्याज दिन्छु भनी प्रचारप्रसार गरी बैकिङ्ग कारोवार संचालन गरेको थिए । अधिकारी लगायत अन्य संचालकहरुले सहकारीका सदस्य बाहेका व्यक्तिहरु समेतसँग नेपाल राष्ट्र बैंकको स्वीकृती नलिई निक्षेप संकलन तथा कर्जा प्रबाह गरेपछि निक्षेप भुक्तानी दिन नसकी कार्यालय बन्द गरी फरार भएका थिए ।
अधिकारीलाई जिल्ला अदालत चितवन मार्फत कैद भुक्तानका लागि कारागार पठाइएको उक्त व्यूरोले जनाएको छ ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल