Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कोरियन भाषाको परीक्षा जेठ १९ देखि असार ३ गतेसम्म सञ्चालन हुने भएको छ । यस पटक परीक्षा ३ सिफ्टमा सञ्चालन हुनेछ । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परीक्षार्थीलाई परीक्षा दिन मिल्ने गरी तयारी भइरहेको छ ।
कोरियन भाषा परीक्षामा उर्तिणमध्ये ६ हजार ९ सय ९३ उत्पादनमूलक क्षेत्रमा र २ हजार ७ सय ४१ कम्पनीमा गरी ९ हजार ५ सय १३ नेपालीलाई यसै वर्ष दक्षिण कोरिया पठाउने गरी परीक्षा लिन लागिएको हो । वैदेशिक रोजगारका लागि आकर्षक मानिएको दक्षिण कोरिया जान ४३ हजारभन्दा बढीले आवेदन दिएको विभागले जनाएको छ । पछिल्ला दुई वर्षमा विश्वव्यापी महामारी कोरोना संक्रमणका कारण परीक्षा हुन सकेन ।
परीक्षा २ वर्षपछि हुन लागेको हो । यसअघि वैशाख २६ गतेदेख सञ्चालन हुने तयारी भएपनि स्थानीय तह निर्वाचनका कारण पछि सकेको हो । हालसम्म ७७ हजार नेपालीले कोरियामा रोजगार प्राप्त गरिसकेका छन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल