Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। सवारी चालक अनुमतिपत्र लाइसेन्सको अनलाइन फारम आज सोमबार साँझ बजेदेखि पुनः खुला हुने भएको छ। यातायात व्यवस्था विभागका अनुसार अनलाइन फारम प्रणाली अब सेवाग्राहीमैत्री अप्सनसहितको छ।
अनलाइनबाट फाराम भर्नेले आवश्यक दस्तुर बुझाउन र सम्पर्क मिति लिन सक्नेछन्। धेरै चाप र सीमित सेवा दिने प्रणालीका कारण लाइसेन्सको व्यवस्थापनमा समस्या आएपछि विभागले अर्को सफ्टवेयर तयार पार्न काम गरिरहेको थियो। पहिलेको सफ्टवेयर भारतीय कम्पनीले बनाएको थियो, जसमा अप्सन र क्षमता थप्न मिलेको थिएन। नयाँ सफ्टवेयर नेपाली कम्पनीले तयार पारेको विभागले जनाएको छ।
यसमा विभागले आवश्यकताअनुसार सुविधा र क्षमता थपघट गराउन सक्नेछ। यसले देशैभरी रहेका विभागको २४ वटा कार्यालयबाट दैनिक १५ हजार जनालाई सेवा प्रदान गर्नेछ। यसका लागि विभागले नेपाली कम्पनी कामक्ष आईटीसँगको सहकार्यमा नयाँ सर्भर तयार गरिसकेको छ। अब राजस्व अनलाइनबाटै तिर्न मिल्ने सुविधा पनि समावेश गरिएको यातायात व्यवस्था विभागका उपमहानिर्देशक तथा प्रवक्ता ईश्वरीदत्त पनेरुले बताए।
गत चैत १ देखि लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द छ। सेवाग्राहीको अधिक चाप र सर्भरमा देखिने समस्याका कारण विभागले अनलाइन प्रणाली बन्द गरेको थियो। यसबीच विभागले नयाँ सर्भर तयार गरी परीक्षण गरिसकेको छ। उक्त परीक्षण सफल भएमा सोमबारदेखि सेवाग्राहीले अनलाइनबाट आवेदन दिन पाउनेछन्।
विभागले लाइसेन्सका लागि नयाँ अनलाइन फारम खुलाउँदा राजस्व पनि अनलाइन प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ। सुरुमा नयाँ सर्भरलाई राजस्व भुक्तानीका लागि महालेखा नियन्त्रक कार्यालयको सर्भरसँग जोड्नका लागि प्राविधिक समस्या थियो।
त्यो समस्या समाधन भएको र विभागको योजना अनुरुप हालका लागि राजस्व भुक्तानी अनलाइन प्रणालीबाट गर्न सम्भव भएको छ। यसका लागि विभाग र महालेखा नियन्त्रक कार्यालयका आईटी इन्जिनियरहरुले मिलेर काम गरेका थिए।
लाइसेन्सको आवेदन दिनेले अनलाइनबाट राजस्व बुझाएर रसिद पनि प्राप्त गर्न सक्नेछन्।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल