Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अफतावको पक्षमा दुई दर्जनबढी वकिल

काठमाडौं । रौतहट बम विस्फोट प्रकरणका मुख्य अभियुक्त कांग्रेस नेता मोहम्मद अफताव आलमको अदालती बयान सकिएको छ । मंगलबारदेखि शुरु भएको बहस बिहीबार दिउँसो १ः२० बजेतिर सकिएको हो । अब केही समयमै आलमको थुनछेक बहस शुरु हुने छ ।
आलमको तर्फबाट बहस गर्नका लागि २८ जना कानून व्यवसायीहरुले वकालतनामा दर्ता गराएका छन् । आलमको पक्षबाट बहस गर्ने कानून व्यवसायीहरुमा वरिष्ठ अधिवक्ताहरु शेरबहादुर केसी, योगेन्द्र अधिकारी, सुनिल पोखरेल, कृष्ण घिमिरे लगायत छन् ।
यस्तै, सरकारको तर्फबाट महान्यायाधीवक्ताको कार्यालयका एकजना सहमहान्यायाधीवक्ताको नेतृत्वमा ५ जना सरकारी वकिलहरुले बहस गर्ने छन् । यस्तै, आलमविरुद्ध जाहेरी दिने पीडित पक्षका तर्फबाट ९ जना कानून व्यवसायीले बहस गर्नका लागि आफ्नो वकालतनामा दर्ता गराएका रौतहट जिल्ला अदालतका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए ।
२७ चैत २०६४ मा भएको बम विस्फोट र विस्फोटमा घाइते भएका व्यक्तिलाई इटाभट्टामा जलाएर मारेको अभियोगमा कांग्रेस नेता तथा प्रतिनिधिसभाका सदस्य आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रौतहटले १२ वर्ष अगाडिको घटनामा आलमसहित १० जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा विस्फोटक पदार्थ भण्डारण र उत्पादन कसुरमा जन्मकैद सजायको मागदाबी सहित सोमबार अभियोग पत्र दायर गरेको थियो । उक्त प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले १ जनालाई मतियारको रुपमा प्रस्तुत गरी अभियोग पत्र दायर गरेको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल